दान वा बकस सम्बन्धी के छ कानुनी ब्यवस्था

३ असार २०७८, बिहीबार मा प्रकाशित
  • 410
  •  
  •  
  •  
  •  
  •  
    410
    Shares

कसैले एकपटक शेषपछिको बकसपत्र गरिदिएको कुनै सम्पत्ति बकसपत्र रद्द नगराई अर्को व्यक्तिलाई बकसपत्र गरी दिन सक्ने छैन भन्ने कानुनी व्यवस्था छ । कसैले सार्वजनिक रूपमा दान दिन्छु भनेको तर दान दिएको सम्पत्ति हस्तान्तरण नगरेमा भने कुनै उजुरबाजुर गरी हक हस्तान्तरण गराउन बाध्य पार्न नसकिने कानुनमै स्पष्ट ब्यबस्था रहेको छ ।

बिष्णु निश्चल,

मुलुकी देवानी संहिता २०७४ को भाग ४ को परिच्छेद १० मा दान÷बकससम्बन्धी व्यवस्था गरिएको छ । दफा ४०६ (१) कुनै ब्यक्तिले आफ्नो हक र स्वामित्वको सम्पति कुनै ब्यक्तिलाई वा धार्मिक, सामाजिक, सार्बजनीक वा सामुदायिक कार्यको लागि निःशुल्क रुपमा दिने कार्यलाई दान मानिनेछ भनि परिभाषित गरेको छ भने सोही दफाको (२) मा कुनै ब्यतिmले आफुलाई पालन पोषण गरी वा अन्य तवरले रिझाए बापत वा पारिवारीक स्नेह वा अनुरागको कारण आफुनो हक र स्वामित्व पुग्ने सम्पति इनाम पुरस्कार वा बक्सीसको रुपमा त्यस्तो ब्यक्तिलाई निःशुल्क रुपमा दिने कार्यलाई बकस मानिनेछ भनि ब्यख्या गरेको छ ।

आफुले दुःख गरेर कमाएको सम्पत्तिको सही सदुपयोग र उचित व्यवस्थापन भयो भने कमाउने व्यक्तिले पनि सन्तुष्टि प्राप्त गर्छ । यदि सदुपयोग गर्ने सन्तान वा कानुनी उत्तराधिकारी भएन भने सम्पत्ति व्यवस्थापन कसरी गर्ने अर्को तनावको विषय बन्न गरेको पाइन्छ तसर्थ यस्तो अवस्थामा आफुसँग भएको सम्पति दान वा बकस गर्नु पर्ने अवस्था आउन सक्छ यस्तो अवस्थामा के गर्नेत ।

दान वा बकस दिनासाथ वा कुनै निश्चित अवधिपछि बकस प्राप्त गर्ने व्यक्तिको हक स्थापित हुने गरी दिइने बकसलाई हालको बकस भनिन्छ । यस्तो बकस, बकस पास गर्नासाथ वा कुनै निश्चित अवधि तोकिएकोमा सो अवधिपश्चात् क्रियाशील हुने व्यवस्था छ,तत्काल सम्पत्तिको हक हस्तान्तरण गर्नुपर्ने अवस्था आएमा यस्तो प्रकारको बकस प्रभावकारी मानिन्छ, भने दान वा बकसपत्र दिने व्यक्तिको मृत्युपछि मात्र प्रभावकारी हुने वा हक हस्तान्तरण भएको मानिने गरी गरिने दान वा बकसलाई शेषपछिको बकस भनिन्छ जुन नेपालमा बढी मात्रामा प्रचलित गरेको पाइन्छ । यस्तो बकसमा बकस दिने व्यक्तिको जीवनपर्यन्त अधिकार रहन्छ भने मृत्युपश्चात् मात्र बकस प्राप्त गर्ने व्यक्तिमा सम्पतिको हक सर्दछ । शेषपछिको बकसपत्र गर्ने व्यक्तिले चाहेमा जुनसुकै बखत सम्बन्धित अधिकारी समक्ष आफैँ उपस्थित भई निवेदन दिई आपूmले गरेको शेषपछिको बकसपत्रका शर्त संशोधन वा बकसपत्र रद्द गर्न सक्ने व्यवस्था कानुनले गरेको छ ।

बकसपत्र संशोधन वा रद्द गर्दा त्यस्तो व्यक्ति सम्बन्धित अधिकारी समक्ष उपस्थित भई छुुट्टै लिखत खडा गरीे बकसपत्र संशोधन वा रद्द गराउनुपर्ने व्यवस्था छ । कसैले एकपटक शेषपछिको बकसपत्र गरिदिएको कुनै सम्पत्ति बकसपत्र रद्द नगराई अर्को व्यक्तिलाई बकसपत्र गरी दिन सक्ने छैन भन्ने कानुनी व्यवस्था छ । यदपी शेषपछिको बकसपत्र प्रभावकारी नहुँदै त्यस्तोे बकसपत्र पाउनेले बकसपत्र दिने व्यक्तिविरुद्ध कुनै फौजदारी कसुर गरेको ठहरेमा निजले शेषपछिको बकसपत्रबमोजिम सम्पत्ति प्राप्त गर्न नसक्ने प्रावधान पनि कानुनमा राखिएको छ । कुनै खास कामको लागि आयोजना गरिएको सार्वजनिक समारोहमा कसैले त्यस्तो कामको निमित्त खास रकम वा सम्पत्ति दान दिन लिखित वा सार्वजनिक रूपमा उद्घोषण गरी त्यस्तो रकम वा सम्पत्ति दान वा बकस दिन सक्ने व्यवस्था कानुनले गरेको छ । तर, कसैले सार्वजनिक रूपमा दान दिन्छु भनेको तर दान दिएको सम्पत्ति हस्तान्तरण नगरेमा भने कुनै उजुरबाजुर गरी हक हस्तान्तरण गराउन बाध्य पार्न नसकिने कानुनमै स्पष्ट ब्यबस्था रहेको छ ।

यस्तो अवस्थामा दान बकस बदर हुन्छ ?

दान वा बकस पाउने व्यक्ति आफैँले वा आफ्नो प्रतिनिधिमार्फत दान वा बकसको सम्पत्ति स्वीकार नगरेमा, कसैलाई शेषपछि हक हुने गरी सम्पत्ति दान वा बकस दिएकोमा तर दिने व्यक्तिभन्दा दान वा बकस पाउने व्यक्ति अघि मरेमा वा दान वा बकस पाउने संस्था विघटन भएमा पनि दान वा बकस स्वतः बदरभागी हुन्छ । गर्भमा रहेको शिशुलाई सम्पत्ति दान वा बकस दिएकोमा त्यस्तो शिशु जीवित रूपमा नजन्मिएमा र दान वा बकस प्रभावकारी नहुँदै दान वा बकस बमोजिमको सम्पत्तिको अस्तित्व नरहने गरी नासिएमा बकस स्वतः बदर भएको मानिने कानुनमै उल्लेख छ ।

यतिमात्र हैन कानुनको रीत नपु¥याई गरेको दान वा बकस बदर गराउन सकिने छ । जसअनुरूप अन्य व्यक्तिको हक र स्वामित्वको सम्पत्ति दान वा बकस दिएमा, कानुनबमोजिम अन्य व्यक्तिको मञ्जुरी लिनुपर्नेमा त्यस्तो व्यक्तिको मञ्जुरी नलिई कुनै सम्पत्ति दान वा बकस दिएमा र असक्षम वा अर्धसक्षम व्यक्तिले कुनै सम्पत्ति दान वा बकस दिएमा त्यस्तो दान बकस कच्चा ठहरी बदर गर्न सकिने व्यवस्था छ ।

नेपालमा पछिल्लो समय धेरै सम्पति हुनेहरुले सामाजिक कार्यको लागि दान या कसैलाई बकसको रुपमा दिने गरेको पाइन्छ । सन्तान नहुने दम्पतिहरुले पनि आफ्नो सम्पति दान या बकस दिने गरेको पाइन्छ भने आफु मरेर गए पनि आफ्नो नाम समाजमा रहिरहोस भन्ने उदेश्यले पनि दान या बकस दिने गरेको पाइन्छ त्यसैले राज्यले दान वा बकसलाई ब्यबस्थीत बनाउनको लागि दान बकस सम्बन्धी ब्यबस्था नै गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here