रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलको कोभिड लक्षित ‘एकदिन एकछाक’ अभियान

0
590

मेचीनगर ।

कोभिड १९ को महामारी शुरुभएसँगै यसको नियन्त्रण र रोकथाममा अग्रपंक्तिमा सक्रिय हुँदै आएको रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलले दोस्रो चरणको कार्यक्रम अन्तर्गत स्टुडेन्ट्स राईजिङ्ग टिमको सहभागितामा शुरु गरेको घरदैलोमा पुगेरै खाना खुवाउने ‘एकदिन एकछाक’ अभियान स्थगन गरेको छ । बर्खाले गर्दा घर घरमा पुगेर खाना खुवाउन समस्या भएकाले यसलाई स्थगन गरेर खाद्य सामग्रीको ‘प्याकेज’ हस्तान्तरण गरेको छ ।

पहिलो चरणमा नेपाल भारतसीमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई सुरक्षा सामग्री प्रदान गरेको थियो । इलामको रोङ गाउँपालिकादेखि झापाको भद्रपुर नगरपालिकासँग सीमा जोडिएको मेचीनगरक्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरुलाई ती सामाग्री प्रदान गरिएको क्लबका अध्यक्ष इञ्जिनियर विवेक श्रेष्ठले जानकारी दिनुभयो ।

दोस्रो चरणको अभियान अन्तर्गत घरदैलोमा पुगेरै खाना खुवाउने ‘एकदिन एकछाक’ अभियान अन्तर्गत मेचीनगरका ६,७, ८ र १५ का आर्थिक अवस्था कमजोर भएका, आय आम्दानिको स्रोत केही नभएका, विपन्न र न्यून परिवारका १ सय ८२ जनालाई खाना खुवाएको थियो । अहिले बर्खाका कारण अभियान सञ्चालन गर्न समस्या भएकाले त्यसलाई केही समयका लागि स्थगन गरेर खाद्य सामग्री प्रदान गरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

नगरका पुरानो भन्सार, सालघारी, इटाभट्टा, टोकला, जोरसिमल, आयावारी , हेल्दुवारी फडानीलगायतका ठाउँका १ सय ८२ जनालाई खाना खुवाउदैं आएको थियो । अभियान कोभिड १९ र यसको रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञका कारण समस्यामा परेका दैनिक ज्यालामजदूरी गर्ने तथा निम्न आय भएका सर्वसाधारणसँग लक्षित थियो ।

‘रोट्रयाक सामाजिक उत्तरदायित्व बहन गर्नबाट कहिले पछि नहट्ने र अहिले विश्वमा महामारीका रुपमा रहेको कोभिड १९ का कारण अति विपन्न र न्यून आय आम्दानी भएका तथा विहान बेलुका हातमुख जोड्न धौ धौ भएकालाई लक्षित गरेर ‘एकदिन एकछाक’ अभियान शुरु गरेका थियौ ’अध्यक्ष इञ्जिनियर श्रेष्ठले भन्नुभयो—‘ बर्खाका कारण घर घरमा पुग्न समस्या भएकाले खाद्य सामग्री नै दिने व्यवस्था गरेका छौ । ’

मेची उद्योग बाणिज्य संघका सचिव रविचन्द नेपाल र कार्यसमिति सदस्य तथा क्लबका युथ चियर दीपेन्द्रराज पाण्डेको साथ सहयोगमा स्थानीय उद्योगी व्यवसायीहरुसँग सहकार्य गरेर अभियान सञ्चालन भएको हो । अहिले क्लबले एकपरिवारलाई १० केजी चामल, नुन, तेल, आलुलगायतका खाद्य वस्तु ती परिवारलाई हस्तान्तरण गरेको छ ।

अध्यक्ष श्रेष्ठले क्लब कोभिड १९ नियन्त्रण र रोकथाममा पनि अग्रसर रहेको तथा साथ सहयोग उपलब्ध गराउने प्रतिवद्घता व्यक्त गर्नुभयो । कोभिड १९ को नियन्त्रण र रोकथाममा अग्रभागमा सक्रिय सुरक्षाकर्मीहरुलाई क्लबले स्वास्थ्य सामग्री प्रदान गरिएको बताउदैं उहाँले आगामी दिनमा समेत यसले निरन्तरता पाउने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलले मेचीनगर—७ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट सतिघट्टा, मेचीनगर—१५ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट ज्यामिरगढी, नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी सतिघट्टा र सीमा प्रहरी चौकी नकलबन्दा,सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट बाहुनडाँगी, सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट तिरिङ खोला, नेपाल प्रहरीको प्रहरी चौकी बाहुनडाँगी प्रहरी चौकी तिरिङ खोलामा कार्यरत सुरक्षाकर्मीहरुलाई समेत स्वास्थ्य सामग्री प्रदान गरेको थियो । वैंक अफ काठमाण्डौ विर्तामोड शाखाको सहयोगमा १ थान प्लस अक्सिमिटर, ८ सय पिस सर्जिकल मास्क,५५ पिस सेनिटाइजर,१ सय वटा ग्लोब्स र ३६ वटा फेस शिल्ड प्रदान गरेको थियो ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट नकलबन्दालाई पल्स अक्सिमिटर र तापक्रम मापन गर्ने थर्मल गन एक÷एकथान, मास्क २ सय थान र काँकरभिट्टा तथा इटाभट्टामा रहेका केही सुरक्षाकर्मीललाई ३ सय थान मास्क, ९ पिस फेस शिल्ड र ७ लिटर सेनिटाइजर प्रदान गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here