लागूऔषध ब्राउन सुगर सहित चार जना पक्राउ

0
983

विराटनगर ।

लागूऔषध ब्राउन सुगर कारोवारमा संलग्न रहेका चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

मोरङ पथरीशनिश्चरे नगरपालिकाका नारायण परियार र कृष्ण दर्नालको साथबाट १३ ग्राम आठ सय मिलिग्राम ब्राउन सुगर र तौल नाप्ने डिजिटल मेसीन बरामद पछि दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मोरङको कानेपोखरी गाँउपालिका २ का हर्क विष्ट र योगेन्द्र निरौलालाई २ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका चार जना विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्धा चलाउन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here