वाह्रदशीका सबै कृषकलाई कृषि कर्ममा आत्मनिर्भर बन्न सक्ने कार्यक्रम सञ्चालन गरेका छौं (भिडियो सहित )

५ असार २०७८, शनिबार मा प्रकाशित

स्थानीयतह सञ्चालनको शुरुका वर्ष पूर्वाधार विकासलाई प्राथमिकता दिएको बाह्रदशी गाउँपालिकाले पछिल्ला वर्ष कृषिलाई प्राथमिकता दिएको छ । चालू आर्थिक वर्ष २०७७÷०७८ मा कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाबाट विनियोजित एक करोड १५ लाख र सर्सत अनुदानको ६३ लाख १५ हजार रुपैयाँले गाउँपालिका भित्र रहेका कृषकका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । सञ्चालित कार्यक्रम मध्ये केही समूहगत छन् भने केही व्यक्ति लक्षित कार्यक्रम छन् । जसमा अधिकांश कार्यक्रम सत प्रतिशत अनुदानका रहेका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०८७ मा के र कस्ता कस्ता कार्यक्रम सञ्चालन गरेको छ त ? यस विषयमा गाउँपालिका कृषि शाखा प्रमुख आर्जुृ खड्कासंग गरिएको कुराकानीको संम्पादित अंश ।arju khadka

कोभिडको महामारीकाबीच बाह्रदशी गाउँपालिकाले कृषक लक्षित कस्ता– कस्ता कार्यक्रम सञ्चालन गरेको छ ?

– कोभिडको यो विषय परिस्थितिका वावाजुत पनि वाह्रदशी गाउँपालिकाले कृषक लक्षित धेरै कार्यक्रम सञ्चालन गरेको छ । जसमा कृषकका लागि तरकारीको बीऊदेखि कृषि औजारसम्म कृषकलाई बितरण गरिएको छ । कृषकका लागि उन्नत प्रजातिको तरकारीको बीऊसहित सहित मिनी किट वितरण गरिएको छ । त्यस्तै पाँच कठ्ठासम्म तरकारी खेती गर्ने कृषकका लागि बोरिङ, मोटर वितरण गरिएको छ भने मल र तरकारीलाई चाहिने आवश्यक तत्व प्रदान गर्न र विषादि छर्कन स्प्रे ट्याङ्की समेत बितरण गरिएको छ । त्यस्तै तरकारी खेती गर्दा आवश्यक पर्ने अर्काे वस्तु हो हलो । हलो समेत हामीले कृषकलाई प्रदान गरेका छौं । जुन हलोले ड्याङ लगाउन सहज हुन्छ ।

तरकारी खेती मात्रै हो कि अन्य बालीका लागि पनि कार्यक्रम सञ्चालन गर्नुृभयो ?

– हामीले तरकारी बालीलाई मात्र होइन सबै प्रकारका बालीलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेका छौं । अझ गाउँपालिका भित्र तेलहन वालीलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम नै बनायौं । जसका लागि कृषकहरुलाई उन्नत जातको सूर्यमूखी फूलको बीऊ वितरण गरेका छौं । जसका कारण वाह्रदशी गाउँपालिका भित्र रहेका कृषक तेलमा आत्मनिर्भर बनुन् भन्ने नै हो । यो हाम्रो अहिले सुरुकै फेज छ । यसले निरन्तरता पाउँदै जान्छ । तेलहन वालीलाई प्रोत्साहन गर्न हामीले कृषक लक्षित कार्यक्रम सञ्चालन गरेको हो । यसले बाह्रदशीका सबै कृषकलाई फइदा पुग्छ भन्ने हाम्रो अपेक्षा छ ।

श्रव्यदृष्य– 

जसका लागि माटो पनि त उपयुक्त हुन प¥यो नि हैन र ?

– हो, कुनैपनि बालीका लागि माटो उपयुक्त हुनु पर्छ । जुन माटोमा जे रमाएर फल्छ हामीले त्यही बाली लगाउने हो । माटोमा पाइने सुक्ष्म तत्व छैन भने जतिसुकै मेहनत गरेर खेती गर्दा पनि बाली राम्ररी फस्टदैन, सप्रिदैन । त्यसैले हामीले सूर्य मुखी फूलको खेती गर्नु पूर्व नै कृषकलाई जिङ्क प्रदान गरेका छौं । यो सूर्य मुखी फूलका लागि मात्र होइन धान र मकैका लागि पनि हो । खेतीका लागि उपयुक्त माटो बनाउँन माटोमा जिङ्कको मात्रा ८ प्रतिशत चाहिन्छ त्यो पाउनका लागि जिङ्क खरिद गर्दै कृषकलाई प्रदान गरिएको छ । हामीले तरकारीमा पनि आत्मनिर्भर बनाउन च्याउको कार्यक्रमलाई पनि जोडेका छौं । जो किसान च्याउ खेतीमा आर्कषित हुनुहुन्छ उहाँहरुलाई हामीले च्याउ खेतीमा प्रोत्साहन गर्दै च्याउ खेतीका लागि अहिले पनि निरन्तर कार्यक्रम अघि बढाई रहेका छौं । त्यतिमात्रै होइन असार १५ लाई लक्षित गर्दै धान दिवसको कार्यक्रम गर्ने हाम्रो अर्काे योजना छ । यो हरेक वर्ष हुादै आएको छ । तर, यस पटक अझ ब्यापक रुपमा गर्ने हाम्रो सोच छ ।

गाउँपालिकले सञ्चालन गरेका वाहेक सर्सत अनुदानका कार्यक्रम पनि सञ्चालनमा छन् होला नि ।

– बाह्रदशी गाउँपालिकामा केही त्यस्ता सर्सत अनुदानका पनि कार्यक्रम छन् । जुन गाउँपालिका भित्र लागू छन् । यसमा राष्ट्रिय र स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउने बाली रहेका छन् । जसलाई हामी पकेट भन्छौं, त्यो सञ्चालनमा छ । यो चाँही प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत सञ्चालन हुन्छ । यो चाँही सर्सत अनुदानको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लगानीमा कार्यक्रम गरिन्छ । यसमा दुई वटा कार्यक्रम सञ्चालनमा छन् । वाह्रदशीको १ र २ नम्वर वडामा मकै पकेट कार्यक्रम सञ्चालनमा छ भने अर्काे चाँही मकै उत्पादन प्रर्वद्धन कार्यक्रम सञ्चालनमा छ। । यो संघीय सरकारबाट सञ्चालन हुने कार्यक्रम हो । यसका लागि संघीय सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
– यसलाई मिलाएर सञ्चालन गर्न दुई समूह र एक सहकारीले यो कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । यो कार्यक्रम अन्तरगत यान्त्रीकरणलाई प्राथमिकतामा राखेका छौं । यो संगै उन्नत जातको धानको बीऊ वितरण गरिएको छ । यसमा पचास प्रतिशत अनुदानको रहेको छ । यसका लागि पनि काम भइरहेको छ । यसमा गाउँपालिकाले रञ्जित र सर्ना धानको बीऊ ५० प्रतिशत अनुदानमा कृषकलाई प्रदान गरेका छौं ।

– गाउँपालिकाले समेट्न बाँकी भावी केही त्यस्ता कार्यक्रम छन् ?

बाह्रदशी गाउँपालिकलो कृषि क्षेत्रलाई अगाडि बढाउन कृषक लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । सुरुका दिनमा थोरै थोरे काम भएपनि अहिले भने कृषि क्षेत्रको विकासका लागि चरणवद्ध काम भइरहेको छ । सबै कृषकलाई समेट्टै आगामी दिनमा अघि बढ्ने गाउँपालिकाको सोच छ । विशेष गरी गाउँपालिकाले कृषकलाई हिँउदे वाली लगाउन सिँचाईको व्यवस्था गर्न बाँकी छ । त्यो पनि हामी गर्दैछौं । अब सबै कृषकलाई सहज रुपमा कृषि कर्ममा आत्मनिर्भर बन्न सक्ने कार्यक्रम सञ्चालन गर्छाै ।

चालू आर्थिक वर्षको कृषिका लागि बजेट चाँही कति थियो नि ?

– चालू आर्थिक वर्ष २०७७÷०७८ मा कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाबाट विनियोजित एक करोड १५ लाख र सर्सत अनुदानको ६३ लाख १५ हजार रुपैयाँ रहेको छ ।

कृषिको विकासका लागि यो वजेट पर्याप्त हो र ? अनि विनियोजित बजेटबाट सञ्चालित कार्यक्रमले सबै कृषकलाई समेट्न सकियो त ?

सकभर हामीले सबै किसानलाई समेट्न प्रयत्न गरेका छौं । प्राथमिकताका आधारमा पनि कार्यक्रम सञ्चालनमा छन् । यसले गर्दा यो बजेटले धेरै कृषकलाई लाभ मिलेको अनुभव हामीले गरेका छौं । पर्याप्त भन्ने त हुन्न नि । भएकै वजेटलाई सही व्यवस्थापन गर्ने हो । हामीले सोही अनुसार व्यवस्थापन गर्दै गयौ र सवै कृषकलाई समट्ने प्रयत्न गरेका छौं । अझ समूहगत र सहकारी मार्फत सञ्चालित कार्यक्रमले धेरे किसानलाई समेटेको छ । यो पटक समेट्न वाँकी कृषकलाई अर्काे वजेट मार्फत समेटिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here