नेपाल स्काउटको स्थापना दिवसमा मेचीनगरमा वृक्षारोपण र सरसफाई

५ असार २०७८, शनिबार मा प्रकाशित

मेचीनगर ।

नेपाल स्काउट ७० औं स्थापना दिवस झापाको मेचीनगरमा शनिवार विविध कार्यक्रमका साथ मनाइएको छ । नेपाल स्काउट मेचीनगर समितिले मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा स्थानीय लक्ष्मीनारायण मन्दिर परिसरको सरसफाई र मन्दिर परिसरमा बृक्षारोपण गरेको थियो ।

नेपाल स्काउट नेपालको स्काउटिंग र गाइडिंग संस्था हो । यसको स्थापना वि.सं. २००९ सालमा भएको हो । नेपाल स्काउटले पहिलो राष्ट्रिय स्काउट ज्याम्बोरी वि.स. २०४३ मा कीर्तिपुरमा गरेको थियो । नेपाल स्काउटले दोस्रो ज्याम्बोरी विसं २०६९मा चितवनको टिकौलीमा गरेको थियो । राष्ट्रकबि माधव प्रसाद घिमिरे पनि स्काउट हुनुहुन्थयो । । उहाँ नेपालमा स्काउटिङ शुरु भएको पहिलो ब्याचका सदस्य हुनुहुन्छ ।

नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा अत्यधिक मात्रामा मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।

विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउादै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने, बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने , दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने , सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने , समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, गराउने तथा स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम सञ्चालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने नेपाल स्काउटको उद्देश्य रहेको छ ।

कार्यक्रममा नेपाल स्काउटकी मेचीनगर संयोजक रीता थापा एवम् पूर्व आयुक्तहरु भुवन सुब्बा खरेल मीना कट्वाल कार्कीलगायत वरिष्ठ स्काउटर, सहायक राष्ट्रिय प्रशिक्षक, राष्ट्रिय प्रशिक्षक, राष्ट्रिय ज्याम्बोरीमा विशेष योगदान दिई ज्याम्बोरी सफल पार्नेसर्भिस टिमका रोभर÷रेन्जरहरु, अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक यज्ञराज शर्मा ट्राफिक प्रहरी हवाल्दार कुमार भट्टराईलगायतले कार्यक्रममा सहभागिता जनाएका थिए ।

स्काउट भक्त, उपयोगी र सहयोगी हुन्छ ,सबैको मित्र हुन्छ र परस्परमा भ्रातृत्व तथा भागिनित्व कायम राख्दछ , विनम्र हुन्छ , स्काउट प्राणी प्रति दयालु हुन्छ र स्काउट अनुशासित र आज्ञाकारी हुने मेचीनगर संयोजक थापाको भनाई छ । दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने बताउँदैं पछिल्लो समय कोभिड १९ का कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा समेत नेपाल सनाको साथमा नेपाल स्काउटले गर्ने गरेको उहाँको भनाई छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here