पत्रकार हौं भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

६ असार २०७८, आईतवार मा प्रकाशित

मोरङ।

मोरङबो रतुवामाई नगरपालिका–१० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौं भन्दै रकम ठगी गर्ने दुई जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटबिकासका ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका–७ का ५६ बर्षीय पुष्पप्रसाद सिग्देल रहेका छन् ।

गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहरीले बिशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट नगद ३२ हजार ९ सय ९५ रुपैयाँ, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड एक थान, उठाएको रकम अभिलेख भएको डायरी एक थान, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र एक थान, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र एक थान, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र एक थान बरामद भएको छ ।

बरामद भएको रकम अभिलेख डायरीमा मोरङको विभिन्न स्थानमा बस्ने २५ जनाबाट जनहीएक हजार देखी ११ हजार पाँच सयसम्म उठाएको उल्लेख गरिएको छ ।

उनीहरुले हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको छ ।

पक्राउ परेका दुवै चौहान र सिग्देल विरुद्ध ठगी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here