ब्यक्तिगत रकम जुटाएर राहत वितरणमा जुटे बिर्तामोडका जनप्रतिनिधि: वडाका ४ सय विपन्नलाई खाद्यन्न, घर–घरमा पग्छन् -वडाध्यक्ष कार्की

६ असार २०७८, आईतवार मा प्रकाशित

नरेन्द्र ढकाल,
झापा।

झापा बिर्तामोड नगरपालिका ८ का जनप्रतिनिधी राहत वितरणमा जुटेका छन् । कोरोनाका दोस्रो लहर शुरु भएसंगै जारी भएको निषेधाज्ञाका कारण रोजगारीबाट बञ्चित भएका नागरिकलाई समस्या परेको भन्दै झापाको बिर्तामोड–८ का जनप्रतिनिधिले ब्यक्तिगत रकम उठाएर तथा विभिन्न संघ संस्थासंगको सहकार्यमा विपिन्न नगरिकलाई राहत वितरणमा जुटेका हुन् ।

कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा हुँदा काम गर्न नपाएका स्थानियलाई वार्ड अध्यक्ष आफैं लागेर राहत बितरण गरिएको हो । आफ्नो व्यक्तिगत रकमबाट राहत वार्डका करिब चार सय परिवारलाई बिहान बेलुकाको गर्जो टार्न चामल बितरण गरेको वार्ड अध्यक्ष अजय कार्कीले बताए ।

नगरपालिका र वार्डको पैसाबाट विकास निर्माणका काम गर्नुपर्छ, कार्कीले भने–राहतका लागि आपूm लगायत साथीभाइ र संघसंस्थाको सहयोगमा खाद्य सामाग्री बितरण गरिएको हो । आइतबार वार्ड अध्यक्ष सँगै वार्ड सदस्य, स्थानिय र संघसंस्थाका प्रतिनिधीले लगायतको टोलिले प्रदेश गौरव भिलेजका ३५ परिवार सँगै आसपासका क्षेत्रमा गरेर करिव एक सय ५० परिवारलाई राहत बाँडिएको सन्तोस पाण्डेले बताए । यो पैसा हुनेले नहुनेलाई सहयोग गर्ने बेला हो, पाण्डेले भने, हामीले स्वतस्पूmर्त रुपमा यी सामाग्रीहरु किनेर बितरण गनेका छौँ ।

दैनिक ज्याला मजदुरी गरेर खाने परिवारका सदस्य यतिबेला कोरोना भाइरसका कारण घरमै बस्त बाध्य छन् । उनिहरुलाई राहतको खाँचो रहेको बुझेर सहयोगका लागि जुटेको कार्कीले बताए । राहत पाएपछि स्थानिय समेत खुसी भएका छन् । यसरी दुख परेका बेला सहयोग गर्ने जनप्रतिनिधी घरघरमै खानेकुरा बोकेर आउँदा उत्साहित भएको स्थानिय राजेश चौधरीले बताए ।

कार्यक्रममा छ्याङ्दी हाइड्रोपावर लम्जुङ, मित्तल प्लाई बिर्तामोड, सेन्टजेभियर्स स्कूल बिर्तामोड, पूर्व कर्नेल डीबी थापा, पाटन क्याम्पसका प्रमुख पशुपति न्यौपाने, स्थानिय सन्तोष पाण्डे र जन्रतिनिधीहरुले स्वतस्फुर्त रुपमा रकम सहयोग गरेका थिए ।

वडाध्यक्षसहितका जनप्रतिनिधि राहत सामग्री लिएर पुग्दा स्थानीय खुशी देखिएका थिए । कोरोना भाइरसका कारण प्रभावित भइरहेका बेला राहत भएको भन्दै स्थानीय सन्तोष चौधरीले खुशी ब्यक्त गरे । उनले राहत सामग्रीले आफ्नो परिवारलाई केही दिनलाई भएपनि राहत मिलेको बताए । राहत सामग्री पाएसंगै चौधरीले भने–राजमिस्त्रिको काम गर्छु निषेधाज्ञाले सबै काम बन्द छ ।, यो सहयोगले परिवारमा खुशी मिलेको छ ।

त्यस्तै रामदेव चौधरीले राहत सामग्रीले आफ्नो ठूलो परिवारलाई राहत मिलेको भन्दै जनप्रतिनिधिलाई धन्यवाद दिए । आफ्नो वडामा रहेका विपन्न नागरिकको पहिचान गरेर सबै जनप्रतिनिधि मिलेर तथा सहयोगी मनसंग सहयोग मागेर राहत वितरण गरिएको वडाध्यक्ष कार्कीले बताए ।

उनले खाद्यन्नसंग स्वास्थ्यमा अप्नाउनुपर्ने सावधानीका बारेमा समेत सचेत गराउदैं आएको बताए । उनले आफ्नो वडा क्षेत्रमा कोरोना भाइरसको संक्रमण भएका नागरिकलाई पोषिलो खानेकुराका सागै आर्युवद् औषधि समेत वितरणको तयारी भएको जानकारी दिए ।

झापामा गत वैशाख १९ गतेबाट निषेधाज्ञा गरिएको हो । पछिल्लो समय निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here