भेषराज र अनु नेपाल फर्किए

0
807

अबुधाबी,

वैदेशिक रोजगारीको क्रममा २० वर्ष युएईमा रहेर यहाँको नेपाली सामाजिक गतिविधिमा संलग्न भएर योगदान गरेका तनहुँ निवासी भेषराज ढकाल र झापाली चेली अनु शिवाकोटी नेपाल फर्किएका छन् ।

नेपाली समाज युएईमा काम गरिसकेका र नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च युएईका वर्तमान महासचिव ढकाल आफ्नै देशमा व्यावसाय गर्ने लक्ष्य बोकी असार ९ गते नेपाल फर्कदै छन् ।

युएईमा रहेको अवस्थामा वैवाहिक शुत्रमा आबद्ध भएर नेपाल फर्किन लागेको युगल जोडीलाई विभिन्न संस्था तथा समूहले विशेष कार्यक्रम आयोजना गरी बिदाई गरेका छन् । एक साताअगाडि प्रवासी नेपाली मञ्चले सारजामा भव्य विशेष कार्यक्रम आयोजना गरेर महासचिव ढकाल र संगठित सदस्य अनु शिवाकोटीलाई विदाई गरेको थियो ।

त्यसैगरी प्रवासी मञ्चको अबुधाबी क्षेत्रीय समितिले पनि असार ७ गते सोमबार नेपाली रेस्टुरेन्ट, अबुधाबीमा विशेष उपहार मायाको चिनो दिएर बिदाई गरेको थियो ।

झापालीहरुको भव्य विदाई

युएईको रोजगारीलाई छाडेर नेपाल फर्कन लागेको उपलक्ष्यमा हार्दिक बिदाई तथा सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दै अबुधाबीमा रहेका झापाली युवाहरूले पनि विशेष सम्मान र मायाको चिनो उपहार प्रदान गरेर बिदाई गरेको छ ।
असार ८ गते मंगलबार अबुधाबीको टुरिष्ट क्लब एरियामा रहेको ब्लेजिङ स्टार क्लिनिङ सर्भिस एन्ड रियर स्टेट कम्पनीको हलमा आयोजना गरिएको कार्यक्रममा सामाजिक तथा राजनैतिक व्याक्तित्व ढकाल र झापाली चेली अनु शिवाकोटीको योगदानको चर्चा गर्दै झापाली समाज युएईमा आबद्द पदाधिकारीहरुले व्याक्तिगत रूपमा बिदाई कार्यक्रम आयोजना गरेको संयोजक हेमराज शिवाकोटीले बताए ।

अबुधाबीमा कार्यरल झापाली युवाहरुले नेपाल फर्किन लागेकोमा शुभकामना दिदै उपस्थित सबैले बिदाई मन्तव्य प्रकट गरेका थिए ।

अन्तर्राष्ट्रिय झापाली समाजका सचिव रामप्रसाद ढुंगेल, झापाली समाज युएईका पुर्व उपाध्यक्ष हरि कटवाल, झापाली समाज युएईका सचिव लोकेस कोइराला, केन्द्रीय सहकोसाध्यक्ष काशीनाथ ढकाल, अबुधाबी क्षेत्रीय अध्यक्ष सुर्यबहादुर खवास, पुर्व क्षेत्रीय अध्यक्ष हिमाल अधिकारी, पुर्व क्षेत्रीय सचिव शेषराज न्यौपानेलगायतको बिदाई कार्यक्रममा उपस्थिति रहेको थियो ।

ब्लेजिङ स्टार क्लिनिङ सर्भिस एन्ड रियल स्टेट कम्पनीका प्रबन्ध निर्देशक केशव कार्कीको विशेष उपस्थितिमा भएको बिदाई कार्यक्रममा समाजका अन्य पदाधिकारीहरु नरेन्द्र निरौला, प्राइम कार्गो प्रतिनिधि अस्मिता पोखरेल, अर्जुन सिटौला, मुक्ति बानियाँको पनि उपस्थिति रहेको थियो ।

बिदाई मन्तव्य राख्ने सबैले युगल जोडीको सफल दाम्पत्य जीवनको कामना गर्दै युएईबाट हार्दिक बिदाई गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रमका मुख्य आकर्षक भेसराज ढकाल र अनु शिवाकोटीले झापालीहरुको न्यानो माया र सम्मानका लागि आभार प्रकट गरेका थिए ।

प्रवासमा जति बसे पनि नेपाल र नेपाली भुमिमा कर्म नगरे सन्तोष नहुने भन्दै नेपाल फर्किएर उधमशील बन्ने आफ्नो योजना सुनाएका थिए । बिदाई कार्यक्रमको संचालन रामप्रसाद ढुंगेल र शेष राज न्यौपानेले गरेका थिए । बिदाई कार्यक्रममा फोटो सेसन तथा जलपान कार्यक्रम पनि आयोजना गरिएको थियो ।

आकस्मिक रुपमा आयोजना गरिएको कार्यक्रम भब्य र सभ्य भएको भन्दै संयोजक हेमराज शिवाकोटीले उपस्थित सबैलाई आभार व्यक्त गरेका छन् । कार्यक्रम सफल पार्न स्पोन्सर गर्ने सबैलाई र विशेष स्पोन्सर गर्ने झापाली समाज युएईका सहकोसाध्यक्ष काशीनाथ ढकाललाई संयोजक शिवाकोटीले विशेष धन्यवाद व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here