‘किल बिल’को बलिउड रिमेकमा कृति

0
720

मुम्बई(बलिउड लाइफ),


बलिउड अभिनेत्री कृति सेननलाई हलिउड ब्लकबस्टर फिल्म ‘किल बिल’को हिन्दी रिमेकमा अभिनय गर्न प्रस्ताव गरिएको छ । सन् २००३ मा रिलिज यो फिल्म एक्सन ड्रामा फ्लेभरको थियो ।

फिल्मको हलिउड संस्करणको निर्देशन क्वेंटिन टैरेंटिनोले गरेका थिए । यो मार्सल आर्टस्मा आधारित फिल्म थियो । फिल्ममा उमा थुर्मनले प्रमुख भूमिका निभाएकी थिइन् ।

हिन्दी भर्सनको निर्देशन अनुराग कश्यपले गर्दैछन् । हलिउड फिल्मको हिन्दी रिमेकका लागि निर्माता निखिल द्विवेदीले केही वर्ष अघि नै अधिकार आफ्नो पक्षमा लिएका थिए ।

फिल्म निर्माणको लागि तयारी सुरु भइसकेको छ । फिल्मको स्क्रिप्ट तयार भइसकेकाले उनीहरुले कृतिलाई अभिनयको प्रस्ताव गरेका छन् ।

फिल्मले एक यस्तो महिलाको कथा भन्नेछ, जसले आफ्नो बदलाका लागि मानिसहरुलाई क्रुर तरिकाले मार्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here