मोरङ ।

मोरङको बिराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने भारतिय मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल बिराटनगर १७ रानी बस्तीमा डेरा गरी बस्ने २५ बर्षीय तावारुल आलम रहेका छन् ।
बुधबार दिउँसो रड बान्ने तार काट्ने क्रममा तार काटने मेसिनबाट करेन्ट लागेर गम्भिर घाईते भएका आलमको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।































