भद्रपुर जेसीजद्वारा स्वास्थ्य सामग्री वितरण

0
1103

भद्रपुर।

मानवताको सेवा जीवनको सर्वोत्तम कार्य भन्ने नाराका साथ सामाजिक संस्था भद्रपुर जेसीजले कोरोना संक्रमित र विपन्न परिवारलाई घर–घरमा पुगेर स्वास्थ्य सामग्री र पोष्टिक खानेकुरा वितरण अभियान शुरु गरेको छ ।

भद्रपुर जेसीजले अभियान एक संक्रमित, एक दाता भन्दै नगर क्षेत्रभित्रका कोरोना संक्रमित र विपन्न गरी एक सय ५१ परिवारलाई स्वास्थ्य सामग्री र पौष्टिक खानेकुरा उपलब्ध गराइसकेको छ ।

कोरोना संक्रमित र विपन्न परिवारलाई एक हजार एक सय ११ रुपैयाँ बराबरको प्याकेज बनाएर घर–घरमा पुगेर स्वास्थ्य सामग्री र पौष्टिक खानेकुरा वितरण गरिएको भद्रपुर जेसीजका अध्यक्ष निकास पाण्डेले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सामग्रीमा सेनिटाइजर, साबुन, मास्क, भिटामिन सी, भिटामिन डी, जिङ्क चक्की, हर्लेक्स, चवानप्रास रहेको छ ।

अहिलेसम्म दुई लाख रुपैयाँ बराबरको सामग्री वितरण गरिसकेको र सात लाख रुपैयाँ बराबरको सामग्री वितरण गर्ने लक्ष्य रहेको उनले बताए । जसमा छ सय परिवार रहने छ । अहिलेसम्म नगर क्षेत्रभित्रका १० वटा वडा मध्ये ४, ७, ९ र १० मा सामग्री वितरण गरिएको उनले बताए ।

नगरपालिकासँग अनुमति लिएर भद्रपुर जेसीजले नगर क्षेत्रभित्र स्वास्थ्य सामग्री वितरण अभियान शुरु गरेको बताउँदै संक्रमित तथा विपन्नको घरमा सामग्री लिएर जाँदा उनीहरूलाई कोरोना भाइरसको जोखिम सम्बन्धी जानकारी गराउनुका साथै स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको बताइएको छ । यस अभियान हातेमालो गर्न उनले सबै समक्ष आग्रह पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here