उमानाथ भण्डारी,
कमल ।

दमक नगरपालिकाले रतुवा नदीमा एकलौटी रुपमा तटबन्धन निर्माण गरेको भन्दै जिल्ला समन्वय समिति झापाद्वारा तत्काललाई तटबन्धन निर्माण नगर्न निर्देशन दिएको छ ।
नगरपालिकाले वडा नम्वर–१ स्थित नमूना टोल पूर्व रतुवा खोलामा अवैध रुपले तार जाली प्रयोग गरेर तटबन्धन निर्माण गरेका कारणले कमल गाउँपालिकाको वडा नम्वर ५ लाई प्रत्यक्ष असर पुग्ने हुँदा तत्कालका लागि तटबन्धनको निर्माण कार्य बन्द गर्न जिल्ला समन्वय समिति झापाको कार्यालयले नगरपालिकालाई निर्देशन दिएको हो ।
आगामी दिनमा तटबन्धन निर्माण गर्दा सम्बन्धित पालिकाका जनप्रतिनिधिको सहमतिमा मात्र बाँध निर्माण गर्ने व्यवस्था मिलाउन समेत समन्वय समितिले नगरपालिकालाई आदेश दिएको छ ।































