चारवर्षे समीक्षामै बित्यो शिवसताक्षी नगरको आठौं नगर सभा अर्को बैठक १७ गते

0
506

विनोद सापकोटा,
झापा।

आर्थिक बर्ष ०७८/०७९ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत नगरी झापाको शिवसताक्षी नगरपालिकाले आठौ नगरसभा स्थगित गरेको छ । आगामी असार १७ गते बिहान ११ बजे पुनः बस्ने गरी नगरसभा स्थगित गरिएको नगरप्रमुख चन्द्रकुमार शेर्माले बताए ।

‘आज उद्घाटन गर्ने र विगत वर्षका बजेटको समीक्षा गर्ने काम मात्र कार्यक्रममा समेटिएको थियो; उनले भने । सेड्युल अनुसार शिवसताक्षी नगरपालिकाको आठौं नगरसभा उद्घाटन भएर स्थगित गरिएको उनले जानकारी दिए ।

सभामा नगरप्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोज कुमारी नेपाल, ११ वटै वडाका वडा अध्यक्ष र नगरसभा सदस्यले आफ्नो वडाको विकास निर्माण लगायत यस अघिका चारवर्षे कार्यप्रगति समीक्षा गरेका थिए । उनीहरुले चारवर्ष सम्म आफुले गरेका कामको विवेचना गरेका थिए ।

यसपटकको नगरसभा भिन्न

सभाका अध्यक्ष नगरप्रमुख चन्द्रकुमार सेर्माले उपप्रमुख भोजकुमारी नेपाल सभाकक्षमा पुग्नुअगावै सभा सञ्चालन गरिसकेका थिए ।
अघिल्ला वर्षहरुमा नगरकार्यपालिका का सबै सदस्य सहभागी भएपछि मात्र सभा सञ्चालन हुने गरेको थियो ।‘ म मेरै कार्यकक्षमा थिए । कार्यकक्षबाट सभाकक्ष सम्म पुग्दा मेयर साहेबले राष्ट्रिय धुन बजाई सक्नु भएको रहेछ,’ उनले भनिन् ।

ड्यासमा मेयर साहेब एक्लै बसेर सभा सञ्चालन गर्नुभयो । विगत वर्षका समीक्षा उहाँ आफैंले सभा सदस्यलाई बोल्न समय दिनुभयो । एकजना सभा सदस्यले बढीमा तीन मिनेटको समय पाएका थिए । सभामा सहभागी एक कार्यपालिका सदस्यले भने, ‘ बोल्दाबोल्दै कतिपय सदस्यको समय सकिएको भन्दै मेयर साहेबले माइक खोस्नु भयो ।’ नगर प्रमुख शेर्माले नेपालको संविधानअनुसार नगरसभा संचालन भएको दाबी गरे । ‘कानुन मिचेर सभा संचालन गरिएको छैन,’ उनले भने ।

अरुलाई ‘नाे इन्ट्री’

नगरसभा कक्षमा सदस्यबाहेक अरु कसैलाई पनि प्रवेश दिइएन । एकाध कर्मचारी काम विशेषले सभाकक्ष भित्र-बाहिर गरिरहेका थिए । उद्घाटन सत्रमा गरिने औपचारिक कार्यक्रम योपटक भएन । सभामा सहभागी एक वडाध्यक्षका अनुसार मेयर सभाध्यक्ष सँगै सभाको सहजीकरण पनि गरिरहेका थिए ।

यसअघि राजनीतिक दल स्थानीय प्रतिनिधिलाई पनि सभामा बोलाउने गरिएको थियो । प्रदेश र संघ का संसद पनि सभामा सहभागी हुन्थे । तर, योपटकको सभा मेयर एका पट्टी अन्य सदस्य अर्कापट्टि थिए । ‘ नगरप्रमुख शेर्मा ड्यासमा एक्लै थिए भने अन्य सदस्य यसको विपरित भाग मा बसेका थिए । मेयर शर्माका अनुसार यो सभा विधिसम्मत सञ्चालन भएको छ ।

किन भयो स्थगित

बजेट प्रस्तुत नै नगरी नगरसभा निरन्तरताका लागि अर्को मिति तोकिएको विषयमा प्रवक्ता नवीन इजम ले बजेटको खाकामा केही नगर सदस्यलाई चित्त नबुझेपछि स्थगित गरिएको बताए। नगरसभाको अर्को कुनै कारण होइन । मेयर साहेबले तयार पारेको बजेटमा केहि विमति भएकाले नगरसभा स्थगित गरिएको उनले बताए ।

नगरबाट पहिलो वर्ष ४० लाख बजेट पाएका वडाले त्यसपछिका दुई वर्ष ५०/ ५० लाख र गतवर्ष ६० लाख बजेट पाएका थिए। यो वर्ष बजेट ४० लाख हुने भएपछि वडाध्यक्षहरु असन्तुष्ट बनेकाका कारण सभा स्थगित भएको वडा नम्बर ६ अध्यक्ष मनोज खुलाल कार्कीले बताए ।

तर नगर प्रमुख शेर्माले वडा सिलिङ बजेटको यसअघि प्रतिफल सन्तोषजनक नरहेको ले सिलिङ बजेटको अङ्क लाई घटाइएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here