प्रज्ञा एकाडेमीले कोरोना अवधिभरका लागि दियो नयाँ एम्बुलेन्स

0
333

भद्रपुर ।

भद्रपुर–१० स्थित प्रज्ञा एकाडेमीले भद्रपुर नगरपालिकालाई एउटा नयाँ एम्बुलेन्स उपलब्ध गराएको छ ।

नगर क्षेत्रभित्रका कोरोना संक्रमित बिरामीलाई जिल्लाभरिका अस्पतालसम्म पु¥याउने उद्देश्यले प्रज्ञा एकाडेमीले कोरोना महामारी अवधिभरका लागि नगरपालिकालाई एउटा एम्बुलेन्स उपलब्ध गराएको हो ।

अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री जडित एम्बुलेन्सलाई प्रज्ञा एकाडेमीका प्रिन्सिपल इशुभ पाण्डेले एक कार्यक्रमका बीच नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

नगरपालिकासँग एउटा जीर्ण एम्बुलेन्स रहेको र त्यसले संक्रमित बिरामीलाई अस्पतालसम्म पु¥याउन समस्या भइरहेको बेला प्रज्ञा एकाडेमीले महामारी अवधिभरका लागि एम्बुलेन्स दिएकोमा नगरपालिकाका मेयर श्रेष्ठले विद्यालय परिवारलाई धन्यवाद दिएका थिए ।

महिना दिनअघि नै नगरपालिकालाई एम्बुलेन्स दिने योजना बनाएको बताउँदै प्रज्ञा एकाडेमीका प्रिन्सिपल पाण्डेले भने– ‘खरिद प्रक्रियामा समय लागेकोले केही ढिलाइ भएको हो, नगरपालिकालाई नयाँ एम्बुलेन्स दिएको हो, त्यसमा अक्सिजन सिलिन्डर लगायत स्वास्थ्य उपकरणहरू पनि छ ।’

नगरपालिकालाई दिएको एम्बेलुन्समा विद्यालय प्रशासन पक्षसहित कार्यरत शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको उनले बताए । एम्बुलेन्स चालकको पनि विद्यालयले नै व्यवस्थापन गरेको बताउँदै उनले भने– ‘एम्बुलेन्स चालकको तलब शिक्षकहरुले आफ्नो तलबबाट मिलाएर दिनुहुनेछ । नगरवासीको सेवा सुविधालाई मध्यनजर गरी महामारी अवधिभरका लागि एम्बुलेन्स दिएका हौं’ –उनले भने– ‘महामारी न्यूनीकरणसँगै रोकथाम भएपछि विद्यालयले एम्बुलेन्स फिर्ता लैजाने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here