अति विपन्न एकल महिलालाई ऋण मिनाह

0
708

लक्ष्मीपुर,

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले अति विपन्न एकल महिलालाई ऋण मिनाह गरेको छ ।

संस्थाको लक्ष्मीपुर सेवा केन्द्रले शुक्रवार बिर्तामोडको एक हस्पिटलमा क्लिनरको काम गर्दै आएकी देवकुमारी दर्जीका श्रीमान लक्ष्मणको मृत्यु भएर ऋण तिर्नसम्म समस्या झेल्दै आएकी उनको एकलाख ५० हजार रुपैयाँ ऋण मिनाह गरेको हो ।

दर्जीलाई कार्यक्रमका प्रमुख अतिथि तथा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले ऋण मिनाहवापतको रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा चेक हस्तान्तरण गर्दै मेयर पोखरेलले समाजवादी व्यवस्थातिर सहारा साकोस लम्किरहेकोले त्यसै व्वस्थातिर स्थानीय सरकार पनि जाने बताए । उनले मेयर आवास कार्यक्रम अन्र्तगत आवास नभएका अति विपन्नको घर निर्माण गरिदिने समेत बताए ।

संस्थाकी समुह अध्यक्ष रिता राईले संस्थाको सरहे कार्यक्रमले गर्दा घर जस्तो अनुभव हुने बताइन् । उनले अन्य धेरै संघ÷संस्थामा आवद्ध भएको बताउँदै सहाराको सदस्यमुखी कार्यक्रमले गर्दा अहिले यसमा मात्र रहेको बताइन् । उनले सहाराको कार्यक्रमहरु प्रशंसा गर्न योग्य भएको बताइन् ।

संस्थाका अनुगमन अधिकृत घनश्याम रायको अध्यक्षता भएको कार्यक्रममा लक्ष्मीपुर सेवा केन्द्रकी कर्मचारी विनिता ढकालको समेत उपस्थििति थियो । कार्यक्रमको सञ्चालन तथा औचित्यमाथि प्रकाश लक्ष्मीपुर सेवा केन्द्र प्रमुख उमेश भारतीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here