झापा ।
झापाको छुट्टा–छुट्टै स्थानमा लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ ।
बाह्रदशी गाँउपालिका–२ जनता बजार स्थितमा ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले चेकजांच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको मे ८ प १६४ नम्बरको मोटरसाईकलमा सवार सिन्धुपाल्चोक मेलम्ची ६ का २७ बर्षीय प्रशान्तबिक्रम थापाको साथबाट लागूऔषध ब्राउन सुगर १६ ग्राम ५३० मिलिग्राम फेला परेको थियो । उनलाई मोटरसाईकल सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।
उता झापा गाँउपालिका–२ स्थित बजारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलिले सोही स्थानका ३२ बर्षीय बिशाल मडिलाई लागूऔषध ब्राउन सुगर ७ ग्राम ३०० मिलि ग्राम सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।































