हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रमको समिक्षा सम्पन्न

0
807

माई, ईलाम ।

हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम सोमबार माई नगरपालिकाको रेडक्रस सभाहलमा सम्पन्न भएको छ ।

समिक्षा कार्यक्रममा माई नगरपालिका अपाङ्गता समन्वय समितिका संयोजक तथा उपमेयर विष्णुमाया आचार्यले अपाङ्गता संग सम्बन्धित कार्यक्रम प्रभाबकारी बन्दै लक्षित समुहमा यसको गुणात्मक सुधार आएको बताउनुभयो । अपाङ्गता लक्षित कार्यक्रम मार्फत आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिने बताउनुभयो।

नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु कुमार थेगुवाले सेमिनार गोष्ठी भन्दा अपाङ्गता भएका ‌‌ब्याक्तिलाई प्रत्यक्ष फाईदा दिने दिर्घकालिन कार्यमा केन्द्रित हुन सुझाब दिनु भयो । नगर स्तरीय अपाङ्गता स्वाबलम्वन समिति माईका अध्यक्ष यदुनाथ दुलालले करुणा र माई नगरपालिकाले गरेका कार्यहरु सम्मानजनक रहेको भन्दै यसलाई निरन्तरता दिन सुझाब दिनुभएको छ ।

माई नगरपालि, करुणा फाउण्डेसन नेपाल र प्रदेश सरकारको लागत साझेदारीमा सम्पन्न हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रममा समुदाय संयोजक विमल दहाल, सिबिआरएफहरु माया लिम्बु, चन्द्रकला खड्का, मिना कुमारी जवेगु, पवित्रा कडेल, दिल कुमारी राई र दिब्या चाम्लिङ्गले चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गरेका थिए । यसै विच अागामी बर्ष २०७८/०७९ का लागि ३८ लाख बराबरको बार्षिक योजना निर्माण कार्यको समेत छलफल भएको छ ।

कार्यक्रममा अपाङ्गता स्वावलम्न समितिका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सरोकारवाला ब्याक्ति लगायत ३५ जनाको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here