कोभिड-१९ महामारीविरुद्ध रोटरी अभियान

0
864

 

रविप्रसाद बराल

चिनको वुहानमा देखा परेको कोरोना भाइरसका कारण सिर्जित रोग कोभिड-१९ नपुगेको अब कुनै देश रहेन। हाम्रो मुलुक पनि यतिवेला कोभिड-१९ बाट आक्रान्त बनेको छ।

नेपालमा कोरोनाको दोश्रो भेरियन्ट शुरु भए पश्च्यात् कोभिडबाट प्रभावित हुने नागरिकको संख्या ह्वात्तै वढेको छ। आज सम्मको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क हेर्दा कोभिडका कारण  विश्वभरमा १७ करोड ९२ लाख भन्दा बढि मानिसहरु संक्रमित हुन पुगेका छन। झण्डै ३८ लाख ८२ हजार मानिसको ज्यान गयो।

 

नेपालको हकमा संक्रमितको संख्या ६ लाख २१ हजार भन्दा बढि छ भने ज्यान गुमाउनेहरुको संख्या ८ हजार ७ सय २६ पुगिसकेको छ। विश्व यतिबेला एउटा भाइरसको त्रासदीले मानवलाई दिएको पिडा र यसबाट सिर्जित आर्थिक सामाजिक असरबाट मुक्ति पाउने अवसरको खोजीमा छ।

 

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानले गत वर्ष नेपालमा कोभिड विरुद्धको अभियानमा खेलेको भूमिका प्रसंशनिय रह्यो। हालै कोभिड-१९ को दोश्रो भेरियन्ट शुरु भए यता रोटरि डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका १४५ रोटरी क्लबका झण्डै ६००० रोटरियनहरु यसका विरुद्ध जनचेतना जगाउने, पिसिआर मसिन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, मास्क, सेनिटाइजर लगाएतका स्वास्थ्य किट वितरण गर्ने एवं अक्सिजन प्लान्ट स्थापना गर्ने जस्ता आधारभूत सेवा व्यवस्थापनमा जुटिरहेका छन्।

‘स्वार्थ भन्दा माथि से’ को मुल मर्मलाई आत्मसात् गरि यो वर्ष रोटरीले नेपालमा कोभिड-१९ र समुदायको समग्र स्वास्थ्य संग सम्बन्धित साना तथा ठुला परियोजना संचालन गरि यसको जोखिम र त्रासदी कमगर्न प्रयत्नसिल रहेको छ।

अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

रोटरी क्लब अफ काकरभित्ताको सक्रियतामा झापाका आठओटै क्लबहरुले मेचिनगर सहितको सहयोगमा मेचिनगर अन्तर्गत आम्दा अस्पताल धुलाबारीमा रु १ करोड २० लाखको लागतमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ। प्रति घण्टा ४० सिलिण्डर अक्सिजन भर्ने क्षमताको उक्त प्लान्टको स्थापना द्रुत गतिमा भइरहेको क्लबले जनाएको छ। रोटरि क्लब अफ सुरुङ्गाले आफ्नो समुन्वयमा झापा जिल्लामा सन्चालित ‘एकका लागि एक अभियान’ अन्तर्गत उक्त अक्सिजन बैक स्थापनार्थ रु ३ लाख २० हजार सहयोग सम्बन्धित अस्पताललाई हस्तान्तरण गरेको छ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले ‍एकाका लागि एक अभियानलाई रु १५ लाख १५ हजार सहयोग हस्तान्तरण गरेको छ। आक्सिजन सिलिण्डर बैंक स्थपना गर्न अभियानले सुरु गरेको ‘एक व्यक्ति एक तिमसिलिनडर’ अभियान अन्तर्गत क्लबले सो रकम प्रदान गरेको हो। उक्त अभियान अन्तर्गत मित्रराष्ट्र चिनबाट ५०० थान अक्सिजन सिलिन्डर ल्याउने योजना मुताविक पहिलो चरणमा आइपुगेको १२० थान सिलिन्डर स्थानिय अस्पतालहरुलाई वितरण गरिसकेको क्लबले जनाएको छ।

 

कोभिड टेलिमेडिसिन तथा हेल्थ डेस्क संचालन

रोटरी क्लब अफ धरान घोपाले कोभिड संक्रमित बिरामीहरुकालागि स्वास्थ्यकर्मीहरुको सहयोगमा टेलिमेडिसिन सेवा संचालनमा ल्याएको छ। करिब २ लाख रुपयाको उक्त सेवा कार्यक्रम मार्फत संक्रमणको लक्षण देखिएका दुर्गम भेगका विरामीलाई स्मेत लाभ पुगेको क्लबले जानकारी दिएको छ।

रोटरी क्लब अफ रत्ननगरले स्थानिय संघ संस्थाहरु सग सहकार्य गर्दै चितवनको खैरहनीमा कोभिड प्रभावित नागरिकहरुको सहयोगार्थ ‘खैरहनी हेल्थ डेस्क’ संचालन गरेको छ। कोरोनाको लक्षण देखिएका मानिसले उक्त डेस्कबाट दैनिक सेवा प्राप्त गरिरहेको जानकारी क्लबबाट प्राप्त भएको छ।

संक्रमितको घरमै स्वास्थ्य सामाग्री वितरण

रोटरी क्लब अफ दाङले घोराही उपमहानगरपालिका संग सहकार्य गरि कोरना संक्रमितको घरैमा पुगि स्वास्थ्य सामाग्री वितरण गरेको छ। वडाका जनप्रतिनिधि, शहरि स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मि सहित रोटरी क्लबका पदाधिकारीहरुको सहभागितामा लक्षण सहितका संक्रमितको घरमा औषधि तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ।

संक्रमितहरुलाई अस्पताल सम्म जान सहजताको लागि अटो एम्बुलेन्स संचालन र होम आइसोलेसनमा बसेका बिरामीहरुलाई अक्सिजन आपुर्ति गर्दै आएको पनि क्लबका अध्यक्षले जानकारि गराएका छन्।

 

स्वाव कलेक्सन सेवा संचालन

रोटरी क्लब अफ विराटनगरले विराटनगर नगरपालिका र हुलास मोटर्स संगको सहकार्यमा वृद्ववृद्वा, शरीरिक अपाङ्गता र असक्तहरुका लागि घरघरमा गएर स्वाव कलेक्सन गर्न विराटनगरमा इलेक्ट्रिक भ्यान संचालन गरेको छ। २ लाख रुपयाको यो परियोजनाबाट हालसम्म २००० भन्दा वढि मानिस लाभान्वित भइसकेका छन।

 

अस्पताललाई अक्सिजन सिलिण्डर, कन्सनटेटर तथा स्वास्थ्य सामाग्री प्रदान

रोटरी क्लब अफ नारायणगढले चितवन माडि स्थित वघोडा अस्पताललाई रु ५ लाख २५ हजार वरावरको ठूलो क्षमता भएको ५ वोटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ। कोभिड विरामीको उपचारमा उक्त सहयोग प्रभावकारी भएको अस्पताल सूत्रले जनाएको छ।

रोटरी क्लब अफ सैनामैनाले सैनामैना नगरपालिकामा संचालित सैनामैना कोभिड हस्पिटलकालागि ५ थान अक्सिजन सिलिन्डर तथा २ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ।

 

रोटरी क्लब अफ विराटनगर फ्यूजनले रंगेलि अस्पताललाई ७ लाख रुपया वरावरको ३१ थान ग्यास सिलिण्डर हस्तान्तरण गरेको छ। निकट भविष्यमा रु १ लाख वरावरको एन्टिजेन्ट किट्स प्रदान गर्ने योजना रहेको क्लबका प्रेसिडेन्टबाट जानकारी प्राप्त भएको छ।

 

 

रोटरी डिस्ट्रिक्ट ३२९२ जोन ६ अन्तर्गतका रोटरी क्लबहरु क्रमसः रोटरी क्लब अफ वाग्मति काठमाण्डु, कान्तिपुर काठमान्डु, काठमाण्डु डाउन टाउन, काठमाण्डु मेट्रो र त्रिपुरेश्वरले अग्रपङ्तिमा कामगर्ने स्वास्थ्यकार्मिका लागि कोभिड-१९ को जोखिमबाट जोगाउन संयुक्तरुपमा ललितपुर स्थित पाटन हस्पिटललाई रु ८५ हजारको फेससिल्ड, मास्क र ग्लोभ्स सहितको स्वास्थ्य किट्स हस्तान्तरण गरे।

रोटरी क्लब अफ दाङले १५ लाख रुपया वरावरको अक्सिजन कनसन्ट्रेटर, पिपिइ सेट, पल्स अक्सिमिटर लगाएतको सामाग्रीहरु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, वेलझुण्डी कोरोना अस्पताल तथा शान्तिनगर गाउपालिकालाई वितरण गरेको छ।

रोटरी क्लब अफ वानेश्वरले शारदा मावि तिलगंगामा रहेको कोभिड-१९ आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ।

रोटरी क्कब अफ चितवनले भक्तपुर अस्पताललाइ १ लाख ७४ हजार २०० वरावरको पिपिइ, सर्जिकल मास्क, एन ५ मास्क तथा रत्ननगर टाडिलाइ  रु ५५ हजारको स्वस्थ्य किट्स हस्तान्तरण गरेको छ।

राटरी क्लब अफ पाटनले नेपाल हृदय रोग निवारण प्रतिष्ठान संग सहकार्य गरि कोरोना महामारि विरुद्ध खटिएका ‘फ्रन्टलाइनर’ लाई स्वास्थ्य सामाग्री वितरण गरेको छ। शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, विर अस्पताल मुटु विभाग, सिभिल अस्पताल, ख्वपा अस्पताल, ललितपुर हार्ट क्लिनिक लगायत अन्य ८ ओटा स्वास्थ्य संस्थालाई २० लाख वरावरको पिपिइ, मास्क लगाएतका स्वास्थ्य सूरक्षा सामाग्री हस्तान्तरण गरेको छ।

क्लबले ४ सय स्वास्थ्यकर्मीलाई ड्राइफुड प्याकेट र सिभिल अस्पतालमा कार्यरत कोभिड १९ बिरामिलाई ४५ दिन सम्म निशुल्क खानाको व्यवस्था पनि गरेको छ।

मेची प्रादेशिक अस्पताल भद्रपुरलाई झापा र मोरङका १० वोटा रोटरी क्लबले संयूक्तरुपमा पिसिआर परीक्षणका लागि आवस्यक पर्ने किट अस्पताल संचालक समितिका अध्यक्ष सोमनाथ  पार्तेललाइ प्रदान गरे। उक्त अवसरमा रु ५ लाख वरावरको ५ सय थान किट पनि अस्पताललाई हस्तान्तरण गरिएको थियो।

रोटरी क्लब अफ सैनामैनाले सैनामैना नगरपालिकाका सबै विधालयहरुलाई ४ लाख १२ हजार वरावरको औषधि सहितको ‘फस्ट एड वक्स’ प्रदान गरि विधार्थि शिक्षक लाभान्वित भएको जानकारी क्लबका प्रेसिडेन्टबाट प्राप्त भएको छ।

रोटरी क्लब अफ विरगंज मेट्रोपोलिसले नारायणी अस्पताल विरगंजमा फ्रन्टलाइनमा रहेर काम गर्नु पर्ने स्वास्थ्यकर्मिहरुको कोभिड विरुद्धको जोखिम कम गर्न १५ हजार रुपया वरावरको सर्जिकल ग्लोव, सर्जिकल फेस मास्क, सुरक्षित टोपि, ह्यान्ड सेनिटइजर लगाएतका स्वास्थ्य सामाग्री प्रदान गरेको छ।

रोटरी क्लब अफ पोखरा फिस्टेलले पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठान र सरुवा तथा संक्रमित रोग रोकथाम अस्पताल लेखनाथलाई रू १२ लाख वरावरको अक्सिजन कन्सनट्रेटर, पिपिइ, ह्विल चियर्स, अक्सिजन सिलिन्डर ट्रलि स्मेतका स्वास्थ्य किट्स  प्रदान गरेको छ।

रोटरी क्लब अफ पोखराले आफ्नो क्लब स्थापनाको अवसर पारेर ३ करोड ८७ लाख रुपया वरावरका अक्सिजन कन्सनट्रेटर, अक्सिजन सिलिन्डर, अक्सिमिटर, थर्मोगन, माक्स, सेनिटाइजर, पिपिइ सेट लगाएतका सामाग्रीहरु डिस्ट्रिक्टका विभिन्न क्लबहरु मार्फत पोखरा, काठमाण्डु र विभिन्न सरकारी हस्पिटल, स्वास्थ्य विज्ञानप्रतिष्ठान र स्वास्थ्य केन्द्रलाई वितरण गरेको क्लबले जनाएको छ।

रोटरी क्लब अफ धनगढिले रु १ करोड १० लाखको लागतमा बाके बर्दिया लगाएत सुदुर पश्चिमका सबै अस्पतालहरुलाई कोरोना संक्रमितगरुको उपचारमा सहयोग पुगोस भनि १०लिटर क्षेमताका १०० थान अक्सिजन कन्सनट्रेटर वितरण गरेको छ।

हाइजेनिक किड्स तथ डस्टविन वितरण

रोटरी क्लब अफ गोरखाले गोरखा जिल्लाका पाँच वटा विधालयमा कोभिडको जोखिमबाट शिक्षक विधार्थीलाई सुरक्षित राख्न २ लाख ५० हजार वरावरको स्वास्थ्य सामाग्री वितरण गरेको छ। शहिद लखन गाउपालिका -८ को रामेश्वरी मावि, राम्चे प्रावि र गोरखा नगरपालिका स्थित भूराजवृक्ष प्रावि, रत्नराज्य मावि र सिरानचोक स्थित सूर्योदय मावि लाई वितरण गरेको छ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराट महेन्द्र रात्री मावि, मारवरी अतिथी सदन विराटनगर, पूर्व कुशाह गउपालिका वडा -१२ स्मेतलाई ११ हजार ५०० सुरक्षित मास्क वितरण गरेको छ। कोभिड-१९ संक्रमणको समयमा परमविश्रान्ती स्थल मसानघाट क्षेत्र विराटनगरको वातावरणलाई सफा राख्न क्लबले ६० लिटर क्षमताका ६ओटा डस्टविन स्थापना गरिदिएको छ। कोभिड-१९ विरुद्धका यि सबै योजना सम्पन्न गर्न करिब ७५ हजार रकम खर्च भएको क्लवले जानकारी दिएको छ।

 

रोटरी मनिपाल कोभिड१९ सेन्टर तथा अक्सिजन बैक स्थापना

पोखरा स्थित ७ वटा रोटरी क्लबहरु क्रमशः रोटरी क्लब अफ पोखरा, रोटरी क्लब अफ पोखरा मिडटाउन, रोटरी क्लब अफ पोखरा फिस्टेल, रोटरी क्लब अफ पोखरा अन्नपूर्ण, रोटरी क्लब अफ लेखनाथ, रोटरी क्लब अफ पोखरा न्यरोड, रोटरि क्लब अफ पोखरा लेकसाइड र जोन ४ अन्तर्गतका सबै रोटर्याक्ट क्लबहरुद्वारा मनिपाल टिचिङ्ग हस्पिटलमा १४० वेड क्षमताको “रोटरी मनिपाल कोभिड सेन्टर तथा अक्सिजन बैक” स्थापना गरेको छन। कोरना संक्रमित विरामीहरुले हाल स्वास्थ्य सेवा लिइ लाभान्वित भएका छन। कोरोनाको जोखिमबाट अग्र पंङ्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई हाइजेनिक किड्स, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर पोखरा, जोमसोम, मनाङ, पर्वत, बाग्लुङ स्मेतका अस्पतालहरुलाई वितरण गरेको छ। उक्त समग्र प्रोजेक्टका लागि करिब रु ५० लाख खर्च हुने संयोजक मिनु श्रेष्ठ कुवंरले जानकारी गराएकी छन।

 

कोभिड-१९ विरुद्धको जागरण – रोटरी योग शिविर

व्यवहारिक हिसाबले शरिर मन र भावनालाई सन्तुलित गर्ने र पुर्ण स्वस्थ्य राख्ने साधन योग हो। कोभिड-१९ का कारण लकडाउनमा घरमा वसेका मानिसहरुको मनोबल उच्च पार्न र शरिरको प्रतिरक्षात्मक क्षमता अभिवृद्धि गर्न रोटरी क्लब अफ वाग्मति काठमाण्डु लगाएत रोटरी डिस्ट्रिक्ट ३२९२ का ३२ क्लबहरुले संयुक्तरुपमा जुन १ – १५ सम्म १५ दिने अनलाइन रोटरी योग सिबिर संचालन गरे। ऐतिहासिक रुपमा सम्पन्न यो बृहत योग शिविरको सहजिकरण रो दुर्गादेव सुवेदी र रो गुरुविन तलेजुले गरेका थिए।

कोभिड-१९ आइसोलेसन केन्द्र तथा आइसियु सेवा संचालन

रोटरी क्लब अफ पश्चिम नवलपरासीले पृथ्वी चन्द्र अस्पताल परासीमा ४ वेडको आइसियु सेवा संचालन गरेको छ। रोटरि क्लबका सदस्यहरुको व्यक्तिगत आर्थिक सहयोगमा सुरु गरिएको आइसियु सेवाको स्वास्थ्य मंत्री हृदयस त्रिपाठीले उद्घाटन गरेका हुन।

रोटरी क्लब अफ चितवनले सामुदायिक हास्पिटलको रुपमा संचालित मुग्लिङ हइवे हस्पिटललाई १० थान बेड, ४० थान एन्टिजन किट सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। रोटरी क्लब अफ चितवनका अध्यक्ष रोसन पियाले करिब २ लाख ५१ हजार ५०० रकम वरावरको स्वास्थ्य सामाग्री इच्छाकामना गाउ विकास समिति वडा नम्बर ५ का वडा अध्यक्षलाई हस्तान्तरण गरेका हुन।

रोटरी क्लबबाट प्रप्त सामाग्रीद्वारा अस्पतालले संचालन गरेको कोभिड लक्षित निशुल्क उपचार सेवा र आइसोलेसन सेन्टरमा महत्वपुर्ण योगदान पुगेको सामुदयिक अस्पताल सूत्रले जनाएको छ।

रोटरी क्लब अफ भादगाउले नुवाकोटको लिखु गाउपालिका -६ छहरे बजारमा रहेको २० बेड क्षमतको सेवा सामुदायिक अस्पतालमा करिब ९ लाखको रुपयाको लागतमा १० वेडको अक्सिजन कन्टेनर सहितको आइसोलेसन वार्ड स्थापना गरेको अस्पताल सूत्रले जनाएको छ।

ललितपुर स्थित रोटरी क्लबहरुको संजाल नेटवोर्क अफ रोटरी क्लब्स अफ ललितपुर (एनआरसिएल) ले ज्यापु समाज स्मेतको सहयोगमा कोभिड-१९ को दोश्रो भेरियन्टको जोखिममा परेका मानिसहरुलाई उपचार सेवा प्रदान गर्ने ललितपुरको वागडोलमा पुर्ण सुवधाको आइसोलेसन केन्द्र संचालन गरेको छ। यस केन्द्रको संचालनमा मासिक ३० लाख भन्दा बढि खर्च हुने गरेको छ।

रोटरी क्लब अफ पाटनले सनराइज अपार्टमेन्टमा ५ लाखको लागतमा डाक्टर, नर्स, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर स्मेतको सुबिधा सम्पन्न ३ वेडको आइसोलेसन केन्द्र स्थापना गरेको छ।

 

सूरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

रोटरी क्लब अफ विराटनगरले फ्रन्टलाइनमा खट्नुपर्ने विराटनगर प्रहरी फोर्सलाई कोभिड-१९ को जोखिमबाट सुरक्षित राख्नका लागि ३० हजार वरावरको ३०० फेस शिल्ड सहित एन-९५ मास्क वितरण गरेको छ। प्रहरीले महामारिको समयमा भएको यो सहयोगको प्रसंशा गरेको छ।

रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले विराटनगर प्रहरिलाई कोभिड १९ को जोखिमबाट सुरक्षित हुनकालागि इल्क्ट्रोनिक केटल, फेस शिल्ड, मास्क, सेनिटिइजर, पन्जा आदि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट हस्तान्तरण गरेको छ।

 

खाध्यान्न बैक तथा खाना वितरण

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनिले फूड बैंक स्थापना गरि दैनिक ज्यालादारी, विपन्न परिवार तथा असाहाय नागरिकका लागि खाध्यान्न तथा मास्क वितरण गरेको छ। २०७८ जेठ १५ गते सम्ममा ५ लाख १२ हजार वरावरका खाध सामाग्रि ३०२ घरका १९५३ नागारिकलाई वितरण गरेको कुरा क्लबका प्रेसिडेन्टले जानाकारि दिए।

लकडउनका कारण आफ्नो दैनिकी चलाउन अप्ठेरोमा परेका मनिसहरुलाई इन्टर्याक्ट क्लब अफ नारायणगढ र रोटरी क्लब अफ मकवानपुरले हरेक दिन खाना वितरण गरिरहेका छन।

 

रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलले कोभिड महाव्याधिका कारण खाध्यान्न संकट हुनसक्ने स्थानिय मुसहर वस्तिमा ६० हजार वरावरको खाध्यान्न वितरण गरेको छ।

रोटरी क्लब अफ विराटनगरले कोभिड-१९ का कारण आफ्नो दैनिकी संचालन गर्न असहज अवस्था सिर्जना भएका ज्यालदारी मजदुरहरु र मानव सेवा आश्रम एवं विराटेश्वर वृद्वाश्रमका वृद्ववृद्वाहरुकालागि रु १ लाख ५ हजार वरावरको ३७५० केजि चामल र अन्य खाध्य वस्तु वितरण गरेको छ। यस कार्यक्रमबाट करिब ५०० मानिस लाभान्वित भएको क्लबका प्रेसिडेन्ट बिजु कुमार थपालियाले जानाकारि दिएका छन।

रोटरी इ-क्लबले हिटेरि फाउन्डेसन संग सहकार्य गर्दै कोभिड-१९ को दोश्रो भेरियन्ट सुरुभएयता लगनखेल ललितपुरमा संकटमा परेका करिब १०० जनालाई दैनिक खाना उपलब्ध गराउदै आएको छ। सो कार्यको लागि हालसम्म करिब ६ लाख रुपया खर्च भएको क्लबले जनाएको छ।

रोटरी क्लब अफ विरगंज मेट्रोपोलिसले नारायणी अस्पतालमा भर्ना भएका कोभिड संक्रमित, विरामिका कुरुवा र विरगंज शहरमा खाधान्न समस्या भएका परिवारहरुलाई ५० हजार वरावरको दाल, चामल, तेल, मसला जस्ता खाध्य सामाग्रीहरु वितरण गरेको छ। क्लबले कोभिड संक्रमणको दोश्रो भेरिएन्टबाट प्रभावित मानिसहरुको लागि १ लाख १५ हजार वरावरको सहयोग पुर्याएको प्रेसिडेन्टले जनाएका छन। उक्त कार्यमा रोटर्याक्ट क्लब अफ विरगंज मेट्रोपोलिस र रोटर्याक्ट क्लब अफ यूनाइटेड विरगंजको सहयोग पसंशनिय रहेको थियो।

रोटरी क्लब अफ दाङले मानिसको दैनिकि संचालनमा आवश्यक पर्ने रु १ लाख ३५ हजार वरावरको खाध्य सामाग्री दाङ स्थित मानव कल्याण सेवा केन्द्रलाई प्रदान गरेको छ।

रोटरी ग्लोवल ग्रान्ट स्वास्थ्य परियोजना

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका क्लबहरुले रोटरीको ७ कार्यक्षेत्रको परिधी भित्र रहि समुदायलाई सेवा प्रदान गरिरहेका छन। मुलुक कोभिड-१९ बाट अक्रान्त बनेको यतिवेला क्लबहरुले स्वास्थ्य क्षेत्रमा केन्द्रित भइ ग्लोवल ग्रान्ट अन्तर्गत संचालन गरेका केहो ठुला परियोजनाहरुः

कोभिड-१९ भेन्टिलेटर जडान परियोजना

रोटरी क्लब अफ चितवनले कोभिड-१९ विरुद्धको अभियान अन्तर्गत चितवन मेडिकल कलेजलाई रु ५ लाख ९७ हजार युएस डलर वरावरको भेन्टिलेटर प्रदान गरेको छ।

रोटरी क्लब अफ पाल्पा लुम्बिनिले २ लाख २० हजार ३ सय ३० युएस डलरको ग्लोवल ग्रान्ट परियोजना अन्तर्गत लुम्बिनि मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल तानसेनलाई स्वास्थ्य किट्स सहित ११ वोटा भेन्टिलेटर प्रदान गरेको छ। निकट भविष्यमा हेमोडायलसिस मसिन प्रदान गर्ने योजना रहेको क्लबले जनाएको छ।

कोभिड-१९ स्वास्थ्य सामग्री प्रदान

समुदायलाई कोभिड-१९ को संक्रमणबाट सुरक्षित राख्नकालागि रोटरी क्लब अफ विराटनगरको अग्रसरता रोटरी क्लब अफ विराटनगर र रोटरी क्कब अफ विराटनागर फ्यूजनको सहभागितामा अमेरिकि डलर ८८ हजारको लागतमा ग्लोबल ग्रान्ट प्रोजेक्ट संचालन भएको छ। सो योजना अन्तर्गत विराटनगर नगरपालिका मार्फत धरान स्थित विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोभिड-१९ हस्पिटल विराटनगरलाई पिसिआर मसिन, आरएनए एक्स्ट्रयाक्टर मसिन, भेन्टिलेटर, दराज सहितको कम्पिलिट हस्पिटल वेड, इन्सिनेरेटर र ठुलो संख्यामा स्वास्थ्य किट्स प्रदान गरिएको थियो। यो ग्लोवल ग्रान्ट परियोजनाबाट विराटनगर, धरान, इनरुवा, रंगेलि क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन।

 

कोभिड-१९ पिसिआर किट्स वितरण

रोटरी क्लब अफ कान्तिपुर काठमाण्डुले ८३ हजार ८९ युएस डलर लागतको ग्लोवल ग्राण्ट परियोजन मार्फत टिचिङ हस्पिटल माहाराजगंजमा ४०८० थान र पाटन हस्पिटलमा २७८३ थान गरि जम्मा ६८६३ थान आरटि पिसिआर एवं एक्सट्रयाक्सन किट्स वितरण गरेको छ।

 

सिटिस्क्यान मसिन जडान

रोटरी क्लब अफ सेन्ट्रल वुटवलले गौतम बुध्द सामुदायिक हार्ट हस्पिटलमा वुटवलमा ६ लाख ५ हजारको लागतमा सिटिस्क्यान मसिन जडान गरेको छ।

रोटरी क्लब अफ राजधानी र रोटरी क्लब अफ काठमाण्डु मिडटाउनले ३ लाख ४५ हजारको लागतमा मनिहर्ष डियोग्न्सोटिक सेन्टरमा सिटिस्क्यान मसिन जडान गरेको छ

 

अक्सिजन बैंक स्थापना

एनआरसियल जीवनको आसा मिसन अन्तर्गत रोटरी कलब अफ यालाले रु १ करोडको ग्लोवल ग्रान्ट संचालन गरि हाल बागडोल स्थित आइसोलेसन केन्द्र स्थापना भएको वृद्वश्रमको घरमा प्रतिदिन ५० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन बैंक संचालन गर्ने लक्ष सहित प्रकया अगाडि बढाएको क्लबले जनाएको छ।

डायलसिस मसिन जडान

रोटरी क्लब अफ सेन्ट्रल वुटवल र रोटरी क्लब अफ वालिङले वालिङ स्वास्थ्य केन्द्रमा ४ लाख ६० हजारको लागतमा डायलसिस मसिन जडान गरेको छ। रोटरी क्लब अफ सेन्ट्रल वुटवलले पाल्पा डायलसिस सेन्टर, लमहि डयलसिस सेन्टर र जिबिसि हार्ट हस्पिटल वुटवलमा ५ लाख ६० हजारको ग्लोवल ग्रान्ट परियोजना संचालन गरि डयलसिस मसिन जडान गरेको क्लबले जनाएको छ।

 

युएसजि तथा इसिजि मसिन हस्तान्तरण

रोटरी क्लब अफ जवलाखेलले ४५ हजार युएस डलरको ग्लोवल ग्रान्ट परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका स्थित गोकर्ण प्राथमिक अस्पताललाई अल्ट्रासाउण्ड एवं इसिजि मसिन हस्तान्तरण गरेको छ। सिन्धुपाल्चोकको वलेफी, पर्वतको पैयु, धादिङको बैरेनी र रुपन्देहिको धकधही प्राथमिक अस्पताललाई पनि युएसजि र इसिजि मसिन प्रदान गर्ने योजना रहेको क्लबले जनाएको छ।

 

क्याथल्याब स्थापना

रोटरी क्लब अफ वुटवल सेन्ट्रल र रोटरी क्लब अफ वुटवलले गौतम बुध्द सामुदायिक हार्ट हस्पिटल वुटवलमा ६ लाख १५ हजार युएस डलरको लागतमा क्याथ ल्याव स्थापना गरेको छ।

पोखरा स्थित सबै रोटरि क्लब स्मेत रोटरी क्लब अफ पोखराले गण्डकि हस्पिटल पोखरामा ४ लाख १० हजार युएस डलरको लागतमा क्याथल्याव स्थापना गरेको छ।

उल्लेखित योजनाहरुको विष्लेषण, अध्ययन र हाल सम्म विभिन्न श्रोतबाट डिस्ट्रिक्ट अफिसमा प्राप्तहुन आएका जानकारी स्मेतको आधारमा यो वर्ष रोटरीले नेपालमा करिब ८५ करोड रुपया भन्दा बढिको साना तथा ठुला परियोजना संचालन गरि समग्र स्वास्थ्य र कोभिड-१९ को जोखिम र त्रासदी कमगर्न प्रयत्नसिल रहेको पाइयो। समाज रुपान्तरणमा रोटरीको यो कदम स्वागतयोग्य छ।

डिस्ट्रिक्ट ३२९२ अन्तर्रगतका क्लबहरु कोभिड-१९ विरुद्धको अभियानलाइ तिब्र बनाई समुदायलाई कोरोनाको जोखिमबाट जोगाउन आवश्यकता अनुसारअरु थप आन्तरिक योजना र ठुला ग्लोवल ग्रान्ट परियोजना स्मेत संचालनको तयारिमा छन।

नोटः यो प्रतिवेदनमुलक लेख क्लब र बिभिन्न श्रोतबाट डिस्ट्रिक्टमा प्राप्त रेकर्डको आधारमा तयार पारिएको हो।

लेखक–  डिस्ट्रिक्ट पब्लिक इमेज कमिटी अध्यक्ष हुन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here