रोटरी क्लव बिर्तामोडको अध्यक्षमा उद्योगी गट्टानी

0
1159

झापा, रोटरी क्लव अफ बिर्तामोडको अध्यक्षमा नवीन गट्टानी चयन भएका छन् । अर्जुनधारा निवासी युवा उद्योगीका रुपमा परिचित गट्टानी सन् २०२१÷०२२का लागि अध्यक्षमा चयन भएका हुन् ।
क्लवको आईपीपीमा निर्मल भट्टराई रहेका छन् भने सेक्रेटरीमा सञ्जीव घिमिरे, प्रेसिडेन्ट इलेक्टमा ओमकृष्ण विमली, प्रोसिडेन्ट नोमिनीमा वविता गिरी, भोइस प्रेसिडेन्मा सुरेशकुमार अग्रवाल भद्रपुरे, ट्रेजररमा आमोद आचार्य रहेका छन् ।
त्यस्तै क्लव एड्मिनिस्टे«सनमा निकिता गिरी, डाइरेक्टर रोटरी फाउण्डेशनमा राजकुमार पोखरेल, डाइरेक्टर मेम्वरसिपमा प्रकाश शिवाकोटी, सर्भिस प्रोजेक्टमा सुरेश वंशल, युथ सर्भिसमा विनोद वस्नेत , पव्लिक इमेजमा मिनप्रकाश मैनाली सरजेन्ट अफ आम्समा आशा चटौत आचार्य, क्लव मेम्वरमा जीतेन्द्र बस्नेत, क्वल टे«नरमा कुमार गिरी रहेका छन् ।
रोटरी ब्लव अफ बिर्तामोडले झापाका विभिन्न सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीका लागि वाटर फिल्टर प्रोजेक्ट, अपाङ्ग छात्रामैत्री शौचालय, मेची प्रादेशिक अस्पताललाई पीसीआर परीक्षण गर्ने, मेसिन, इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा बिर्तामोड नगरपालिकालाई कोभिडबाट बच्नका लागि स्वास्थ्य सामग्रीसहितका उपकरण बितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here