विमल दहाल, माई ईलाम ।

माई नगरपालिकाको शुक्रबारे बजारबाट खाध्यान्न सहित यात्रु बोकेर माई–९ को गुनमुने तर्फ गएको ट्याक्सी शुक्रबार माई–३ को लोदिया खोलामा डुबेको छ।
बाढी आएको लोदिया खोलाको विच भागमा पुग्दा मे १ ज २१८१ नम्बरको ट्याक्सी भासिएर पछाडीको भाग डुब्दा गाडीमा रहेका माई–९ का ३४ बर्षिय अनिता मगर, ३५ बर्षिय नैनकुमारी मगर, ३३ बर्षिय निर्मला मगर सामान्य घाईते भएका छन् ।
गाडी चालक माई–३ का विजय तामाङको पनि अबस्था सामान्य रहेको छ । खोलामा डुबेको ट्याक्सीलाई स्काभेटरको सहायतामा खोलाबाट निकालिएको थियो भने गाडीमा रहेका यात्रुलाई झ्यालबाट बाहिर ल्याईएको जिल्ला प्रहरी कार्यालय ईलामका ईनिस्पेक्टर किशोर तामाङले जानकारी दिनुभयो ।































