दक्षिण भारतीय अभिनेत्री मेहरिन पिरजादाको इंगेजमेन्ट टुट्यो

२१ असार २०७८, सोमबार मा प्रकाशित

काठमाडौं।

दक्षिण भारतीय अभिनेत्री मेहरिन पिरजादाको इंगेजमेन्ट टुटेको छ । इंगेजमेन्ट गरेको ४ महिनापछि मेहरिन पिरजादा र भव्य विश्नोइ दुवैले आपसी सहमतिमा अब विवाह नगर्ने र इंगेजमेन्ट तोड्ने निर्णय गरेका हुन् ।

मेहरिनले सामाजिक संजालमा एक बयान जारी गर्दै आफ्नो भव्यको परिवारसँग कुनै पनि पारिवारिक सम्बन्ध बाँकी नरहेको बताएकी छिन् । गएको मार्च १२ मा मेहरिन र हरयाणाका राजनीतिज्ञ भव्य विश्नोइबीच राजस्थानको जयपुरमा इंगेजमेन्ट भएको थियो ।

यो इंगेजमेन्ट निकै भव्य भएको थियो र यहाँ दुवै पक्षका आफन्तहरु सहभागी भएका थिए । मेहरिनले इंगेजमेन्ट तोडेपछि एक बयानमा भनेकी छिन् ‘भव्य विश्नोइ र मैले इंगेजमेन्ट तोड्ने र बिहे नगर्ने निर्णय गरेका छौं । यो निर्णय आपसी सहमतिमा गरेका हौं ।’

मेहरिनले यो आफ्नो अत्यन्तै निजी विषय भएकोले शुभचिन्तकहरुले आफ्नो गोपनीयताको सम्मान गरिदिने अपेक्षा पनि व्यक्त गरेकी छिन् । उनले आफू आफ्नो काममा निरन्तर सक्रिय रहने बताउँदै भविष्यका प्रोजेक्टहरुमा राम्रो प्रस्तुती दिन मेहनत गरिरहेको बताएकी छिन् ।

भव्य विश्नोइले पनि एक बयान जारी गर्दै भनेका छन् ‘२ दिन पहिले मैले र मेहरिनले सहमतिमा इंगेजमेन्ट तोड्ने निर्णय गरेका थियौं । यसको कारण हाम्रा विचार र मूल्य मान्यता अलग अलग हुनु हो ।

मलाई यो सम्बन्ध टुट्दा कुनै पछुतो छैन किनकि मलाई लाग्छ हामी एक अर्काको लागि अलि बढी नै राम्रो थियौं र भाग्यलाई अरु नै मन्जुर थियो ।’ यसअघि मेहरिनले आफूलाई भव्यले अण्डमान टापुमा पानीभित्र प्रपोज गरेको बताएकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here