कविता

२१ असार २०७८, सोमबार मा प्रकाशित

 

हाम्रो देश

दक्षिणमा तराई छ हिमाल उत्तर तिर
मयुर नाँच्छ छमछमी डाँफे हिमाल तिर
फूल फुल्छ लालीगुराँस पहाडको माथि
यो देशको नाम के हो भन मेरा साथी ।।

हिमालको काखभरी माया पोखिएको ।
पहाडमा मीठा मीठा फल देखिएको
चाँदी जस्तो सेतो हिमाल हाम्रै शीर माथि
देशको नाम नेपाल हो सुन मेरा साथी

 

दुध जस्तै सेतै भई बग्छन नदिनाला
सयौं फूलका थुङ्गाहरु उनिएका माला
ज्ञान भूमी भित्र बस्ने बिरहरुका जाति
यो देशको नाम के हो भन मेरा साथी ।

सातवटा प्रदेशमा सतहत्तर जिल्ला
स्वर्ग जस्तो देश हेर अन्त कँहा मिल्ला
सबै जुटौ यो देशलाई उठाउन माथि
देशको नाम चम्काउन उठ मेरा साथी ।

स्तुति कट्टेल

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here