माईमा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क कुटानी पिसानी मिल

0
902

विमल दहाल, माई ।

इलामको माई नगरपालिकाले बिपन्न अपाङ्गता भएका ब्याक्तिलाई  निःशुल्क कुटानी पिसानी मिल प्रदान गरेको छ।

नगर स्तरीय अपाङ्गता समन्वय समितिका संयोजक तथा माईका उपमेयर विष्णुमाया रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तीन जना अपाङ्गताभएका ब्याक्तिलाई माईका मेयर दिपक कुमार थेबेले कुटानी पिसानी मिल प्रदान गर्नुभएको हो । माई–२ पुर्बेझोडाकी रुकमाया राई, माई –५ सुघाटारका टंक याख्खा र माई–६ डाँडागाँउका बलबहादुर पोर्तेल बिश्वकर्मालाई एक लाख ५० हजार रुपैंया मुल्य बराबरको मिल प्रदान गरिएको छ ।

हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत व्यवसायिक तथा सीप बिकास तालिम दिदै विपन्न अपाङ्गता भएका व्याक्तिलाई सहयोग गरिएको छ । कुटानी पिसानी मिल प्रदान गर्दै माई नगरका मेयर दिपककुमार थेवेले बिपन्न र लक्षित ब्याक्तिलाई सीप विकास र ब्यावसाय सन्चालनमा थप सहयोग गर्ने बताउनु भयो । बिगत चार बर्षदेखि अपाङ्गताका क्षेत्रमा सिप बिकास तालिम, आयआर्जनका लागि बिउपुँजी , सहायक सामाग्री, स्वास्थ्य उपचार, शैक्षिक सामग्री, उधमशिलता प्रोत्साहन लगायतका सहयोग गर्दै आएको समेत थेबेले वताउनुभयो ।

कार्यक्रममा उधमशिलता कार्य गरे वापत अपाङ्गता भएका ५ जना ब्याक्ति र उनका संरक्षकलाई जनही १५ हजारका दरले उधमशिलता प्रोत्साहन सहयोग समेत प्रदान गरिएको थियो ।

यसैबीच अपाङ्गता स्वाबलम्न समुहका नाममा रहेको करिब २० लाख रुपैयाँलाई सहकारीमा रुपान्तरण गर्ने गरि दुई दिने सहकारी शिक्षा कार्यक्रम समेत आजै सम्पन्न भएको माई नगरपालिका प्रशासन शाखा प्रमुख नविन कुमार पौड्यालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here