बिर्तामोड ।

विद्युत मिटर जोड्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण बिर्तामोडका एक कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्राविधिक पदमा कार्यरत बिर्तामोड ५ निवासी ६१ बर्षीय कुल बहादुर भट्टराई रहेका छन् । गरामनीमा आज बिहान मिटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
घाइतेलाई उपचारका लागि बिएण्डसी हस्पिटलतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख संजयकुमार गुप्ताले बताए । मृतकको लाशलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाइएको छ ।































