इलाम।

इलामको इलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङका ४५ बर्षीय यमबहादुर सावाले सोही स्थानका ५८ बर्षीय धनबहादुर राईको हत्या गरेका छन् ।
बुधबार बिहान राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरीको टोलीले हत्या गर्ने यमबहादुर सावालाई खुकुरी सहित पक्राउ गरेको हो ।
तत्काल हत्या गर्ने कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटना सम्बन्धना थप अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।































