वीरता लेडीलाई नेपाल जेसीजले दियो उत्कृष्ट पुरस्कार

2
1010

बिर्तामोड ।

बिर्तामोडस्थित वीरता लेडी जेसीजलाई नेपाल जेसीजले उत्कृष्ट पुरस्कार प्रदान गरेको छ ।

वीरता लेडी जेसीजले सञ्चालन गरेका गतिविधिलाई आधार मानेर क्षेत्र ‘क’ बाट उत्कृष्ट घोषित गर्दै नेपाल जेसीजले पुरस्कार प्रदान गरेको हो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुनेश्वर खनालले क्षेत्र ‘क’ बाट वीरता लेडी जेसीजलाई दोस्रो त्रैमासिक उत्कृष्ट पुरस्कारबाट सम्मानित गरेको जनाएका छन् ।

विधिको शासन, बन्धुत्वको भावना र मानवताको सेवामा सदैव समर्पित भई जेसीजको गतिविधिलाई उत्कृष्ट एवम् उपलब्धिमूलक बनाउन वीरता लेडी जेसीजबाट भएको योगदानको मूल्यांकन गरी उत्कृष्ट पुरस्कार प्रदान गरिएको बताइएको छ ।

नेपाल जेसीजले हरेक तीन महिनामा उत्कृष्ट शाखा पुरस्कार वितरण गर्दै आएको छ । वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यले शाखाको गतिविधिको मूल्यांकन गरी उत्कृष्ट पुरस्कार प्रदान गरेकोमा राष्ट्रिय अध्यक्ष खनाल, निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहाल, निरुपित राष्ट्रिय उपाध्यक्ष रजनी थापासहित नेपाल जेसीजप्रति धन्यवाद ज्ञापन गरेकी छिन् ।

उत्कृष्ट पुरस्कारले जेसीज अभियानमा थप ऊर्जा प्राप्त भएको भन्दै अध्यक्ष आचार्यले उक्त सफलताको श्रेय वीरता लेडी जेसीज सन् २०२१ को बोर्ड, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, संयोजक तथा सदस्यहरुलाई दिएकी छिन् । सबैको सामुहिक योगदानका कारण संस्थालाई सफलता प्राप्त भएको उनको भनाइ छ ।

अंग्रेजी महिना अप्रिल, मे र जुन तीन महिनाको मूल्यांकनको आधारमा वीरता लेडीले उत्कृष्ट पुरस्कार प्राप्त गरेको बताइएको छ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here