भन्सार समन्वय समितिको सभापतिमा निरौला

0
626

काँकडभिट्टा ।

उद्योगी मोहन निरा‌ैला प्रदेश उद्योग बाणिज्य महासंघ प्रदेश नम्वर १ अन्तरगतको भन्सार समन्वय समितिको सभापतिमा मनोनयन हुनुभएको छ ।

झापा मेचीनगर (६ काँकडभिट्टा निवासी निरौललाई बुधबार समितिको सभापतिमा मनोनयन गरिएको प्रदेश उद्योग बाणिज्य महासंघ प्रदेश नम्वर १ का अध्यक्ष टिकाराज ढकालले बताउनुभयो ।

अध्यक्ष ढकालले भन्सार समन्वय समितको सभापतिमा मनोनयन गरिएको पत्र प्रदान गर्दै जानकारी समेत गराउनुभएको छ ।

महासंघलाई सशक्त रूपमा अगाडि बढाउने कार्यमा निरा‌ैला नेतृत्वको समितिले महत्वपुर्ण योगदान दिने र गतिविधिहरू क्रियाशील बनाउने कार्यमा पूर्ण सहयोग पुग्ने महासंघले विश्वास लिइएको अध्यक्ष ढकालको भनाई छ ।

नवनियुक्त सभापति निरौलाले महासंघले जुन विश्वास र सपना देखेर आफुलाई सभापति पदमा मनोनयन गरेको छ त्यसप्रति धन्यवाद दिदैं आफ्नो कार्यकालमा महासंघको गरिमालाई अझ उच्च बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कोभिड १९ का कारण सुस्ताएको उद्योग व्यवसायलाई चलायमान बनाउन आफुले भूमिका खेल्ने उहाँको भनाई छ । बजरंग ट्रेड कन्सर्नका सञ्चालक निरौला मेची भन्सार एजेण्ट संघका अध्यक्ष, मेची उद्योग बाणिज्य संघ मेचीनगरका वरिष्ठ उपाध्यक्ष, रोटरी क्लव अफ काँकडभिट्टाका पुर्व अध्यक्षसहित राजनीतिक र सामाजिकक्षेत्रमा उत्तिकै सक्रिय हुनुहुन्छ ।

सादा जीवन उच्च विचारका धनी निरौलाले सफल व्यवसायीकारूपमा आफ्नो पहिचान स्थापित गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here