सरकारी गाडीभित्र अश्लील क्रियाकलापमा संलग्न तीन पक्राउ

0
538

काठमाडौँ ।

जङ्गलमा गाडी रोकेर अश्लील क्रियाकलाप गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरी तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरी अधिकारीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा दुई पुरुषसहित एक २१ वर्षीया महिला रहेकी छन् । उनीहरूमध्ये एक पुरुष र महिला अश्लील गतिविधि गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार जङ्गलमा प्रदेश नंं ३–०१–००२ झ ५०५२ नम्बरको गाडी रोकेर उनीहरू बुधवार राति ११ बजे अश्लील गतिविधि गरिरहेका अवस्थामा फेला परेका थिए ।

उनीहरुविरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here