ब्राउन सुगर सहित तीन जना पक्राउ

0
787

मोरङ।

मोरङको बेलवारी नगरपालिका–१ गाईघाट टोलबाट लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् ।

लागूऔषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित तीन जनालाई लागूऔषध ब्राउन सुगर सेवन गरिरहेको अबस्थामा पक्राउ गरेको थियो ।

प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारी भित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ ।

पक्राउ परेका तीनै जना विरुद्ध ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेकोप्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here