एमाले युवा नेता ज्ञानुराम प्रसाईको कार र्दुघटनामा निधन

0
1248

बिर्तामोड ।

चारआली–भद्रपुर सडक खण्ड अन्र्तगत भद्रपुर–९ स्थित देवकोटा चोकमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा एमाले नेता ज्ञानुराम प्रसाईको निधन भएको छ ।

बिर्तामोड–१ निवासी ४६ वर्षीय प्रसाई एमाले युवा नेता हुन् । उनले चलाएको बा १६ च ८१८२ नम्बरको कार आफै अनियन्त्रित भई देवकोटाको सालिकको कम्पाउण्डको वालमा ठोकिएर दुर्घटना हुँदा कार चालक प्रसाई गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते प्रसाईको मेची प्रदेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

प्रसाईँको बायाँ खुट्टा र भित्री चोट लागि घाइते भई उपचारका लागि लगिएको र तत्काल चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here