सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

0
451

दुहागढी ।

नगरपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा प्रवाह भएका सेवा सुविधामा नागरिकको पँहुच विषयको सार्वजानिक सुनुवाई कार्यक्रम मेचिनगर–१४ दुहागढीमा सम्पन्न भएको छ । मेचिनगर नगरपालिकाको आयोजना तथा सामुदायिक विकास मञ्च काँकरभिट्टाको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

वडा कार्यालयमा सम्पन्न कार्यक्रममा सहभागिहरुले नगरपालिकाले उपभोक्ता समिति मार्फत सञ्चालन गर्ने योजनाहरुको सम्झौता तथा भूक्तानी प्रक्रिया झन्झटिलो भएको,वडा कार्यालयमा नागरिक बडापत्रको व्यवस्था नगरिएको वडामा बजेट तथा योजना तर्जुमा गर्दा सरोकारवालाहरुसँग परामर्श नगरिएको, कृषकहरुका लागि ल्याइएका कार्यक्रमहरु बास्तविक कृषकहरुसँग पुग्न नसकेको,विगत १ वर्ष देखी हातेमालो बन समितिसगको वडाको विवाद समाधान नभएको लगायतका गुनासो गरेका थिए ।

नगर उपप्रमुख मिना उप्रेतिको समेत उपस्थिति रहेको कार्यक्रममा सहभागिहरुले उठाएका प्रश्नहरुको जवाफ वडा अध्यक्ष शंकर प्रसाद पोख्रेल र मेचिनगर नगरपालिकाका प्रमुख विमल आचार्यले दिएका थिए ।

सो क्रममा नगर प्रमुख आचार्यले नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा सहज र सबैको पहुँचमा पु¥याउन आफुहरु प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रमको सहजिकरण सामुदायिक विकास मञ्चका सोमराज ढकाल र गोविन्द न्यौपानेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here