झापाका १६५ सञ्चारकर्मीलाई कोरोना खोपको दोस्रो मात्रा

0
936

बिर्तामोड ।

नेपाल पत्रकार महासंघ झापा शाखाको समन्वय र पहलमा शनिवार जिल्लाका सञ्चारकर्मीलाई कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा लगाइएको छ ।

स्वास्थ्य कार्यालय झापाको प्राविधिक टोलीले बिर्तामोडस्थित अतिथिसदनमा सञ्चारकर्मीलाई खोप लगाइ दिएको हो । गत असार १ गते भेरोसेल खोपको पहिलो मात्रा लगाएका एक सय ६५ जना सञ्चारकर्मीलाई खोपको दोस्रो मात्रा प्रदान गरिएको पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलको नेतृत्वमा आएको प्राविधिक टोलीले सञ्चारकर्मीलाई खोप लगाइए दिएको हो । जनस्वास्थ्य अधिकृत समिक्षा पराजुली, सिआइसीटी सहजकर्ता भवानी राय, सिनयर अहेव उकिलबहादुर खड्काले खोप लगाउन प्राविधिक सहयोग गरेका थिए ।

महासंघ झापाले हालसम्म खोप लगाउन छुटेका जिल्लाका सञ्चारकर्मीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरेको छ । खोप लगाउन छुटेका सञ्चारकर्मीलाई प्राथमिकता राखेर अबको चरणमा खोप प्रदान गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पौडेलले प्रतिबद्धता जनाए ।

सञ्चारकर्मीलाई खोप लगाउने कार्यमा समन्वय र सहयोग गर्ने डीसीसीएमसी झापा लगायत सबैलाई महासंघ झापा शाखाले धन्यवाद ज्ञापन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here