युईएफएद्वारा इंग्ल्याण्ड फुटबललाई ३० हजार युरो जरिवाना

0
840

एजेन्सी ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले इंग्ल्यान्ड फुटबल संघ(एफए)लाई ३० हजार युरो जरिवाना गरेको छ ।

युरोकप फुटबलको सेमिफाइनल अन्तर्गत इंग्ल्यान्ड र डेनमार्कबीचको खेल दौरान समर्थकले खेल भावना विपरित कार्य गरेको पाईएपछि यूईएफएले जरिवाना गरेको हो । वेम्बली स्टेडियममा बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ ले हराएर इंग्ल्यान्ड फाइनल पुगेको थियो ।

सेमिफाइनल खेलमा भएको खेल भावना विपरित क्रियाकलापबारे यूईएफएले छानविन गरेको थियो । छानविनमा दोषी देखिएपछि इंग्ल्यान्ड एफएलाई यूईएफएले जरिवाना गरेको हो । खेलमा डेनमार्कमा गोलकिपर कास्परलाई लक्षित गरी दर्शकबाट ‘लेजर लाइट’ को प्रयोग भएको थियो ।

खेलको अतिरिक्त समयमा इंग्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार गर्नु अघि कास्परको अनुहारमा ‘लेजर लाइट’ परेको थियो । केनको पेनाल्टी कास्परले रोकेका थिए । तर, रिबाउन्टमा केनले गोल गर्दै इंग्ल्यान्डलाई जित दिलाए । यस्तै राष्ट्रिय गानको दौरान समर्थकले होहल्ला गर्दै अशान्ति फैलाएको र समर्थकले अतिशबाजी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here