विपन्नलाई प्रवासी इलामेलीको अर्थिक सहयोग

0
623

इलाम ।

झापाको अर्जुनधारा–७ पाराखोपीका एक व्यक्तिलाई प्रवासी इलामेली सेवा समाज कुबेतले आर्थिक सहयोग गरेको छ ।

चार महिना अघि पाराखोपी स्कुलको गेटमा औठी लगाएको औंला अड्किदा दाँया हातको चोरी औला गुमाएका खगेन्द्र बराईलीलाई प्रवासी इलामेली सेवा समाजले नगद १० हजार सहयोग गरेको हो ।

कमजोर आर्थिक अबस्था भएका बराईलीको औंला पटक पटक पाक्ने गरेको र उपचारका लागि एक लाख भन्दा बढी रकम लागि सकेकोले सहयोग गरिएको प्रवासी इलामेली सेवा समाज कुबेतका संयोजक चक्र कुलुङ्ग राईले जानकारी दिनुभयो ।

संयोजक राई मार्फत संकलित दश हजार रुपैँया खगेन्द्रकोे उपचारमा सहयोग पुग्ने गरी आईतबार करुणा फाउण्डेसन नेपालका समुदाय संयोजक तथा पत्रकार विमल दहालले माईको शुक्रबारे बजारमा हस्तान्तरण गर्नुभएको छ । नगद हस्तान्तरण कार्यक्रममा स्थानीय समाजसेवी दलबहादुर शंकर, दिनेश धमला लगायतको सहभागिता रहेको थियो।

प्रवासी नेपाली इलामेली सेवा समाज कुवेतले कमजोर आर्थिक अवस्था भई उपचार अभावमा रहेका दर्जनौं ब्याक्तिलाई सहयोग गरि सकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here