अर्जुनधारा नगरपालिकाद्वारा खेलकुद र साहित्य विधाका पाँच अग्रजलाई सम्मान

0
660

अर्जुनधारा ।

अर्जुनधारा नगरपालिकाले खेलकुद र साहित्य विधाका पाँच जना अग्रज व्यक्तित्वलाई आइतबार एक कार्यक्रमकोबिच सम्मान गरेको छ ।

नगरपालिका अन्र्तगत रहेको खेलकुद समितिले एथलेटिक्सका हेमनारायण चौधरी, करातेका नारायण सुब्बा, तेक्वान्दोका जीतेन मेचे र फुटबलका भगिरथ आले “मामा” तथा भाषा, कला, साहित्य तथा संस्कृति प्रबद्र्धन समितिले साहित्यकार सरोजकुमार ओलीलाई सम्मान गरेको हो ।

नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचेका अनुसार खेलकुदतर्फका चार जना अग्रज खेलाडीलाई जनही नगद १५ हजारसहित सम्मान पत्र र दोसल्ला ओढाई दिर्घ खेलकुद सेवा सम्मानबाट र साहित्यतर्फ साहित्यकार ओलीलाई नगद ५१ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाई दिर्घ साहित्य सेवा पुरस्कारबाट सम्मानित गरिएको थियो ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र खेलकुदतर्फ प्रदेश नं.१का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की तथा साहित्यतर्फ वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेलेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा खेलकुदतर्फको व्यक्तित्व परिचय समितिका सदस्य एवम् सञ्चारकर्मी रमेश समदर्शीले र साहित्यतर्फको व्यक्तित्व परिचय साहित्यकार कृष्ण बरालले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिद्धय मन्त्री कार्की र वरिष्ठ साहित्यकार पोखरेल, सम्मानित व्यक्तित्वद्धय आले र ओलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । भाषा, कला, साहित्य तथा संस्कृति प्रबद्र्धन समितिकी संयोजक सुशिला सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका सदस्य एवम् सञ्चारकर्मी कुमार भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here