अक्सिजन प्लान्टमा कनकाई माविको एसएलसी २०४७ ब्याचबाट एकलाख ५५ हजार सहयोग

0
701

झापा ।

कोरोना महामारिको दोश्रो भेरियन्ट सँगै देशभर देखिएको अक्सिजन अभावले गर्दा धेरैले ज्यान गुमाउनु परेको तितो यथार्थ हाम्रो सामु छ ।

आगामी दिनहरुमा पनि अक्सिजनकै कारण कसैले ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले अक्सिजनको दीर्घकालीन समाधानको लागि कनकाईनगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि कनकाई माविमा अध्ययन गरेका एसएलसी २०४७ को ब्याचले आज १ लाख ५५ हजार ९५ रुपैंयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।

कोरोना महामारीको यो समयमा कनकाई नगरपालिकाले प्रस्तावित नगर अस्पतालमा स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि थोरै भएपनि राहत मिलोस् भन्ने उद्येश्यले आर्थिक सहयोग गरेको कनकाई मावि पूर्व विद्यार्थी विजय गजुरेलले बताए ।

कनकाई मा बि को २०४७ सालको एसएलसि व्याचका विध्यार्थीहरु सामाजिक संजाल फेसबुकको म्यासेन्जर ग्रुपमा जोडिने क्रममा नगरपालिकाले संचालन गरेको अक्सिजन प्लाट स्थापना गर्ने अभियानमा हामी किन नजोडिने भन्ने विषयमा छलफल गर्दा । अधिकांश साथिहरुको सकारात्मक सुझाव आउदा आज यो सहयोग संकलन गरि हस्तान्तरण गर्न सफल भएको पुर्व विध्यार्थी एम दिप दियाली बताउनु भयो ।

आफ्नो व्याचका साथिहरुलाई सामाजिक संजाल मार्फत भएपनी एक ठाउमा भेलागर्न पहल गर्ने हाल युएईमा कार्यरत सुर्य बहादुर खवासको यो सहयोग अभियानमा महत्त्वपूर्ण भुमिका रहेको साथै हाल हङकङलाई कर्मथलो बनाउदै आउनु भएकी जोना श्रेष्ठ, कतारलाई कर्मथलो बनाउदै आउनु भएका केदार कार्की लगायतका अन्य विध्यार्थी साथिहरुको अहम भुमिका रहेको पुर्व विध्यार्थी हरि प्रसाद पोखरेलले जानकारी दिनुहुँदै यो पुण्यकार्यमा हातेमालो गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

कनकाई माविको २०४७ सालको एसएलसी ब्याचबाट यो महामारीको समयमा भएको सहयोग महत्वपूर्ण भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् । अक्सिजन प्लान्ट सहयोग तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका नगरपालिकाका प्रमुख पोखरेलले यस महान मानवीय कार्यमा जोडिनुभएकोमा सहयोगी मनहरुप्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here