बिर्तामोड।

नेपाली कांग्रेस झापाका आमन्त्रित जिल्ला सदस्य महेन्द्रभूषण साहको ह्रदयघातका कारण मृत्यु भएको छ।
बिर्तामोड–४ निवासी साहको ५५ वर्षको उमेरमा उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा निधन भएको बताइएको छ । मधेसी जनअधिकार फोरमबाट ०६४ सालको संविधानसभा निर्वाचन झापा क्षेत्र नम्बर २ मा साह चुनाव लडेका थिए ।
उनी त्यसबेला फोरमको झापा जिल्ला कोषाध्यक्ष थिए। जयप्रकाश (जे।पी) गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानको केन्द्रीय सदस्य हुँदै चार वर्ष अघि उनी कांग्रेसमा प्रवेश गरेका थिए । तेली समाज झापाका अध्यक्ष समेत रहेका उनी बिर्तामोड छठ सेवा समाजका सल्लाहकार हुन् ।
जुत्ताचप्पल उत्पादन गर्ने सामग्रीको व्यवसाय गर्दै आएका उनी माँलक्ष्मी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका ऋण अधिकृत समेत हुन् । उनका श्रीमती र तीन छोरी रहेका छन् । साहको अहिले ३ बजे कनकाइमाइमा जातीय परम्परा अनुसार कांग्रेस झापाका आमन्त्रित जिल्ला सदस्य घनश्याम चौधरीले बताए ।































