पशु वीमा प्रोत्साहन कार्यक्रम सञ्चालन भएपछी कृषकहरुको आकर्ष बढ्दै

२८ असार २०७८, सोमबार मा प्रकाशित

अर्जुनधारा ।

पशुपालक कृषकहरुको पशुधनको सुरक्षा गर्ने उद्धेश्यले अर्जुनधारा नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाले सुरु गरेको पशु वीमा कार्यक्रममा कृषकहरुको आकर्षण बढेको छ ।

गत आर्थिक वर्षहरुमा कृषकहरुको सहभागिता नभएको अवस्थामा चालु आर्थिक वर्ष ०७७÷०७८को वार्षिक स्वीकृत कार्यक्रममार्फत् वीमा गरे बापत प्रिमियमको ५० प्रतिशत रकम भुक्तानी गर्ने भएपछी उनीहरुको आकर्षण बढेको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।

शाखा प्रमुख राईका अनुसार कृषकहरुले पशु वीमा गर्दा भुक्तान गर्नुपर्ने प्रिमियमको २५ प्रतिशत रकममध्ये १२.५ प्रतिशत शाखाले भुक्तान गरेको बताइएको छ । शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत साउनदेखि असार २० गते सम्म एक सय १४ जना कृषकको नौ सय ५३ वटा पशुको वीमा गरिएको छ ।

वीमा गरिएको पशुहरुमा तीन सय ४५ वटा गाई, ८६ वटा भैंसी र पाँच सय २२ वटा बाख्रा रहेका छन् । शाखाले गत असार २७ गते देखि २९ गते सम्म सञ्चालन गरेको वीमा प्रिमियम रकम भुक्तान कार्यक्रम अन्र्तगत दुई लाख १० हजार रुपैयाँ भुक्तान गरिने प्रमुख राईले जानकारी दिए ।

पशु वीमा प्रोत्साहन कार्यक्रम अन्र्तगत शाखाले भुक्तान गरेको उक्त रकमका कारण पशुपालक कृषकहरुको तीन करोड रुपैयाँ बराबरको पशुधनको जोखिम वहन भएको उनले बताए । त्यसैगरी शाखाले वीमा गरिएको पशुमध्ये ९० वटाको मृत्यु भएको हुँदा आवश्यक क्षतीपूर्तीको लागि सम्बन्धित कार्यालयमा सिफारिस पठाएको छ ।

मृत्यु भएको पशुहरुमा १४ वटा गाई, ११ वटा भैंसी, ६० वटा बाख्रा र पाँच वटा बंगुर रहेको उल्लेख गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here