‘जसुदा स्मृति पुरस्कार’ पत्रकार सुसेलीलाई

२८ असार २०७८, सोमबार मा प्रकाशित
  • 717
  •  
  •  
  •  
  •  
  •  
    717
    Shares

इलाम,

यस वर्षको जसुदा स्मृति पुरस्कार तीस वर्षदेखि पत्रकारितामा सक्रिय सोम सुसेलीलाई प्रदान गरिने भएको छ । जसुदा खाकीका स्मृतिमा भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समितिद्वारा स्थापित सो पुरस्कारमा रु दशहजारसहित सम्मानपत्र रहने छ ।

पत्रकार सुसेलीले २०४७ सालमा झापाको पत्रिका ‘साप्ताहिक विचार’बाट पत्रकारिता शुरुआत गर्नुभएको हो । लामो समय सोही पत्रिकामा काम गर्नुभएका उहाँले गोरखापत्र दैनिक, एभिन्यूज टेलिभिजन, इमेज टेलिभिजन र न्युज ट्वान्टी फो टेलिभिजनसमेत इलाम संवाददाताका रुपमा काम गरिसक्नुभएको छ ।

हाल उहाँ नेपाल वाणी एफएमका स्टेशन म्यानेजर र इलाम एक्सप्रेस दैनिकका प्रधानसम्पादक हुनुहुन्छ । पुरस्कार भानुजयन्तीका अवसरमा यही असार २९ गते प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष विमल वैद्यले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here