देउवा पाँचौं पटक प्रधानमन्त्री बन्दै

२९ असार २०७८, मंगलवार मा प्रकाशित

झापा ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौंपटक देशको प्रधानमन्त्री बन्ने भएका छन् ।

सर्वोच्च अदालतले परमादेश जारीपछि सभापति देउवालाई प्रधानमन्त्री बन्ने पक्का भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते दोस्रोपटक गरेको संसद् विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।

अदालतले नेपालको संविधानको धारा ७६(५) अनुसार दुई देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

सर्वोच्चले देउवालाई (आज) मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न भनेको छ। अर्थात् फैसला आएको २८ घण्टाभित्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ।

अदालतले साउन ३ गते बेलुका ५ बजेसम्म संसद् बैठक बोलाउन समेत आदेश दिएको छ । देउवा २७ भदौ २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here