खाजा घर निर्माणका लागि १५ लाख रुपैयाँ सहयोग

३० असार २०७८, बुधबार मा प्रकाशित
  • 713
  •  
  •  
  •  
  •  
  •  
    713
    Shares

बिर्तामोड,

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड नगरपालिका क्षेत्रका ८ वटा सरकारी बिद्यालयमा खाजा घर निर्माणका लागि १५ लाख रुपैंयाँ सहयोग गरेको छ ।

सहारा नेपाल र बिर्तामोड नगरपालिकाबीच भएको साझेदारी सम्झौता अनुसार खाजा घर निर्माणका लागि सहयोग गरिएको संस्थाका सह–सचिव ज्ञानुनाथ मैनालीले बताए । सहाराले २ र नगरपालिकाको २ गरेर ४ लाखको लागतमा बिद्यालयमा खाजा घर निर्माण गरिने बताइएको छ ।

सम्झौता अनुसार सहाराले मोहनामाया मावी, दुर्गा मावी, लक्ष्मी आधारभुत बिद्यालय, शुक्रराज आधारभुत बिद्यालय, जनता आधारभुत बिद्यालय, अनारमनी आधारभुत बिद्यालय र लक्ष्मी आधारभुत बिद्यालयलाई २ लाखका दरले रकम प्रदान गरेको हो । त्यसैगरी चमरधाप आधारभुत बिद्यालयलाई १ लाख रुपैंयाँ प्रदान गरिएको मैनालीले बताए ।

सहाराले उपलब्ध गराएको रकम बराबर नगरपालिकाले प्रदान गरेपछि बिद्यालयमा खाजा घर निर्माण हुने बिर्तामोड नगरपालिकाका प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here