हल्दिबारीमा खुला व्यायामशाला

३१ असार २०७८, बिहीबार मा प्रकाशित

बिर्तामोड,  ‘गाउँबासीको स्वस्थ जीवन प्रर्वधन अभियान’ अन्तर्गत झापाको हल्दिवारी गाउँपालिकामा खुला ब्यायामशाला सञ्चालनमा भएको छ ।
व्यायामशालाको उद्घाटन झापा क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार लिङ्देनले गर्नुभयो । युवा तथा ज्येष्ठ नागरिकलाई समेत लाभान्वित हुने गरी हल्दिवारी – ५ स्थित शान्ति प्राथमिक विद्यालयमा खुला व्यायामशाला तियार गरिएको हो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिकाले व्यायामशाला निर्माण गरेको गाउँपालिका अध्यक्ष रबीन्द्र लिङ्देनले बताउनुभयो ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १५ लाख, जनसहभागिताबाट तीन लाख ६५ हजार गरी १८ लाख २८ हजार तीन सय ६८ रुपैयाँको लागतमा व्यायामशाला निर्माण गरिएको हो । त्यसमा साढे ३७ हजार कन्टिजेन्सीको योगदान रहेको बताइएको छ ।
व्यायामशालामा विभिन्न आधुनिक उपकरण राखिएको छ । सबै उमेर समूहका स्थानीयले व्यायामशाला प्रयोग गर्न सक्नेछन् । स्वस्थ जीवन प्रर्वद्धनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष लिङ्देनले बताउनुभयो ।
गाउँपालिकाले निर्माण गरेको व्यायामशालामा छानोको भने अभाव छ । छानो नहुँदा पानी परेका बेला भने व्यायाम गर्न असुबिधा हुने स्थानीयले बताएका छन् । हल्दिबारीमा स्थापना गरिएको यस प्रकारको व्यायामशाला क्षेत्र नम्बर–३ मा पहिलो भएका बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here