मोटरसाईकल दुर्घटनाबाट वडा सदस्यको मृत्यु

३१ असार २०७८, बिहीबार मा प्रकाशित

इलाम ।

इलामको माङसेबुङ गाँउपालिका–४ मार्चेबुङका ३६ बर्षीय धनबहादुर राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

मार्चेबुङ वडा नम्बर–४ का वडा सदस्य समेत रहेका राई कार्यालयबाट मे ८ प ६०४ नम्बरको मोटरसाईकलमा घर तर्फ आउदै गर्दा रतुवा पुल नजिक मोटरसाईकल आफै अनियन्त्रिय भई सेतेभिरबाट अन्दाजी सयमिटर तल झरी दुर्घटना हुँदा उनी उम्भीर घाईते भएका थिए ।

टाउकोमा चोट लागेर गम्भीर घाईते भएका वडा सदस्य राईको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा गयराती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here