हल्दिबारीमा उद्योग वाणिज्य संघ

३ श्रावण २०७८, आईतवार मा प्रकाशित

हल्दिबारी ।

हल्दिबारी गाउँपालिकाभित्र उद्योग, व्यवसायीहरुको हकहितमा काम गर्ने छाता संगठन ‘उद्योग वाणिज्य संघ हल्दिबारी’ युवा व्यवसायी सुमन मैनालीको अध्यक्षतामा गठन भएको छ ।

उद्योगी तथा व्यवसायीहरुको भेलाले नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिमा देहायका उद्योगी व्यवसायीहरु चयन भएका छन् ।

समितिको सदस्यहरुमा कृष्णप्रसाद प्रसाईं, महेसलाल मेचे, सत्येन्द्रकुमार कर्ण, कुमार कार्की, निरज दाहाल, सुनिल बारकोटी, खड्ग लावती र नेत्रबिक्रम बिमली रहेका छन् ।

हल्दिबारी गाउँपालिकाभित्र २० भन्दा बढी ठूला उद्योग सञ्चालित रहेका छन् भने करिब सात सयको हाराहारीमा व्यवसाय गरेर बस्ने व्यवसायीहरु रहेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here