जलेर चार बर्षीया बालिकाको मृत्यु

३ श्रावण २०७८, आईतवार मा प्रकाशित

ओखलढुङगा।

सिन्धुलीको फिक्कल–५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको छ ।

ओखलढुङगा मानेभञ्ज्याङ–६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा आइतबार दिउँसो हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाईटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुँदा सोही आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

गोठमा रहेका दुई वटा गाई र चार वटा बाख्राको समेत जलेर मृत्यु भएको छ । घटनाको विषयमा अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here