हत्यामा सग्लग्नएक जना पक्राउ

४ श्रावण २०७८, सोमबार मा प्रकाशित

संखुवासभा।

भोजपुरको साल्पासिलिचो गाउँपालिका– ४ घर भई बिगत तीन बर्षदेखि तुम्लिङटार आसपासमा बसोबास गर्ने २५ बर्षीय युवराज राई हत्याको आरोपमा पक्राउ परेका छन् ।

असार ३० गते खाँदवारी नगरपालिका–९ का ४७ बर्षीय लक्ष्मण कुमाल आफ्नै घरमा मृत फेला परे संगै उनको सम्बन्धमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।

घटनास्थलको प्रकृति हेर्दा हत्या भएको अनुमान गरी अनुसन्धान थालेको प्रहरी टोलीले मृतककै मित छोरा नाता पर्ने युवराज राईलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा उनले घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here