सुखानी शहीद स्मृति उद्यानमा पूर्वाधार विकासको सार्वजनिक सुनुवाई

४ श्रावण २०७८, सोमबार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ स्थित सुखानी शहीद स्मृति उद्यानमा गत आर्थिक वर्ष ०७७÷०७८मा सम्पन्न गरिएको पूर्वाधार विकासको सार्वजनिक सुनुवाई सोमबार सम्पन्न भएको छ ।

योजना कार्यान्वयन सम्बन्धी समुदायमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालका महासचिव हर्कराज राईले जानकारी दिए ।

उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंक बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिष्ठानका महासचिव राईले काम सम्पन्न भएको पूर्वाधार विकास अन्र्तगतको प्रस्तावित योजनाको काम, बजेट तथा यथार्थ काम उल्लेख भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पचास लाख रुपैयाँसहित जम्मा ५६ लाख २१ हजार दुई सय ३७ रुपैयाँको लागतमा चार वटा योजना सम्पन्न भएको उल्लेख गरिएको छ ।

त्यसैगरी काम सम्पन्न भएको योजनाहरुमा दुई लाख ३२ हजार नौ सय ६६ रुपैयाँको लागतमा २१.५ मिटर लामो पीसीसी ड्रेन निर्माण, आठ लाख ३५ हजार सात सय १० रुपैयाँको लागतमा अण्डरग्राउण्ड केबलिङ सहित १२ वटा नयाँ सीसी क्यामेरा जडान, ३८ लाख ५८ हजार नौ सय ६० रुपैयाँको लागतमा १७८५ वर्ग मिटरमा ब्लक ओछ्याउने र छ लाख ९३ हजार छ सय एक रुपैयाँको लागतमा ८५० मिटर फेन्सिङ गर्ने रहेको छ ।

कार्यक्रममा सहभागीहरु नगर सभा सदस्य मनोज तामाङ, प्रदिप चिमरीया, सुरेन्द्र गिरीलगायतले सुझाव पेश गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष टंकप्रसाद भट्टराईलगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन व्यवस्थापक पूष्पलाल तिवारीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here