प्रत्येक व्यक्तिको मानसपटलमा गुन्जिरहने नाम हो – ज्ञानुराम प्रसाई

४ श्रावण २०७८, सोमबार मा प्रकाशित

 

अर्जुन मैनाली

झापाली माटोमा फक्रीएको राजनीतिक, सामाजिक तथा व्यवसायिक पात्र ज्ञानुरामा प्रसाईको विषयमा झापाली जनमानसहरुले सायदै नसुनेको र नचिनेको होला । झापा र झापालीको लागि मात्र हैन राष्ट्रको लागि वृहत सम्भावना र महत्व बोकेका योद्धा ज्ञानुराम प्रसाई आज हामी माझ रहनु भएन तर उहाँले जीवनका जति बसन्तहरु पार गरी जानुभयो ती समय समग्र समाज र राष्ट्रका लागि सुनौलो र परिणामुखी थिए । उहाँले यस समाजका लागि दिनु भएको त्याग र योगदानको प्रशंसा र अनुकरण गर्न कोही चुकेको अवस्था छैन । यसको मतलब हामीले हाम्रो जीवनकालमा ज्ञानुराम प्रसाईले देखाउनु भएको पथलाई दिर्घकालसम्म कदापी भुल्न सक्दैनौ ।


ताप्लेजुङ्ग जिल्लाको थेचम्बुमा जन्म लिई विर्तामोड झापालाई कर्मथलो बनाउनु भएका प्रसाईले आफ्नो छोटो जीवनकालमा यस समाजलाई दिर्घकालसम्म दृष्टान्त बन्ने प्रकृतिका राजनीतिक, सामाजिक र व्यवसायिकक कर्म गरी ब्रम्हलिन हुनु भयो । भनिन्छ ईश्वरले पनि राम्रा मान्छेलाई पहिला बोलाउँछ , आज ज्ञानुराम प्रसाईको निधनले झापाली माझ यस भनाईलाई पुष्टि गरेको छ ।

सामाजिक रुपमा आफ्नो प्रभाव र राजनीतिक स्वभावको कारणले सबैका लोकप्रीय व्यक्तित्व बन्नुभएका प्रसाई व्यवसायिक सफलताका कारण हामी सबैको आदर्शका उदाहरणको रुपमा रहनुभएको थियो । व्यक्तिगत स्वभावका हिसाबले विश्वासका विरासतको रुपमा चिन्न सकिन्छ । निडर स्वभाव र स्पष्ट वक्ताका रुपमा नगर र नगरबासीले उहाँलाई चिरकालसम्म प्रत्येक व्यक्तिको मानसपटलमा गुन्जिरहने नाम हो ज्ञानुराम प्रसाई ।
लामो समयसम्म

नेकपा एमालेको नगर कमिटिको अध्यक्षको रुपमा रही कुशल संगठक तथा प्रभावशाली नेतृत्व गर्न सफल, मनमोहन सामुदायिक अस्पताल, देवी उच्च मावि, क्षितिज नाटक घर लगायतका दर्जनौँ सामाजिक, साँष्कृतिक र राजनीतिक संघ संस्थाहरुमा सक्रिय काम गरी ती संस्थाहरुलाई बृहत्तर र बहुमुखी सफलताको उच्च बिन्दुमा पुर्याउन सक्षम व्यक्तित्व हुनुहुन्थ्यो ।

 

नेकपा एमालेको नगर कमिटिको अध्यक्षको रुपमा रही कुशल संगठक तथा प्रभावशाली नेतृत्व गर्न सफल, मनमोहन सामुदायिक अस्पताल, देवी उच्च मावि, क्षितिज नाटक घर लगायतका दर्जनौँ सामाजिक, साँष्कृतिक र राजनीतिक संघ संस्थाहरुमा सक्रिय काम गरी ती संस्थाहरुलाई बृहत्तर र बहुमुखी सफलताको उच्च बिन्दुमा पुर्याउन सक्षम व्यक्तित्व हुनुहुन्थ्यो ।
शिक्षासेवीका रुपमा विर्तामोडको देवी सामुदायिक विद्यालयलाई नेतृत्व प्रदान गरी निजी विद्यालयसँग प्रतस्पर्धा गर्न सफल संस्थाको रुपमा विकास गर्न प्रसाईको योगदान अविष्मरणीय रहेको छ । भाष, कला, र संष्कृतिको उत्थान र संवद्र्धनमा विशेष भूमिका खेल्दै क्षितिज नाट्य समूह तथा झापा नाटक घर विर्तामोडलाई पुर्याउनु भएको योगदानको जति चर्चा गरे नी कम हुन्छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा विर्तामोड नगरमा संचालित मनमोहन सामुदायिक अस्पतालमा संचालक समितिमा रही गरिब, विपन्न वर्गको स्वास्थ्योपचारमा आइपर्ने विविध समस्यालाई आफ्नै समस्या सम्झेर सहयोग र समन्वय गर्न सदैव लाग्नुभएको थियो । मधुर बोलीबचन र मिठो मुस्कानका धनी प्रसाई कसैलाई नबिझाउने र मनकारी गुणका खानी हुनुहुन्थ्यो । कसैको दुःखलाई देख्न नसक्ने, सबैलाई समान व्यवहार र सामुहिकतामा विश्वास राख्ने बानीका कारण उहाँ विर्तामोड नगर मात्र हैन समस्त झापाली माझ सतिसाल झैँ युगौँयुगसम्म स्मरणीय रहनु हुनेछ ।

झापाली कम्युनिष्ट आन्दोलन र पार्टी पङितलाई नयाँ आयाम र उत्साह प्रदान गर्न युवा जोश र आन्दोलनको नेतृत्व गर्नुभएका प्रसाईको पार्टी नेतृत्वमा विर्तामोड नगरमा नेकपा एमालेले अत्याधिक मत सहित स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेको गर्ववान्वित इतिहास हामीसँग रहेको छ ।

 

ज्ञानुरामसँगको मेरो व्यक्तिगत सम्बन्ध एउटा राजनीतिक सहकर्मीको मात्र नभई पारिवारिक र व्यवसायिक रुपमा पनि अत्यन्त्यै नजिक थियौँ । जिवीत रहँदा उहाँसँग गरेका गफ भेटघाट अनी पारिवारिक भ्रमणमा गर्दाका ती पलहरुले जीवनभर तपाईको याद ताजा र जीवन्त राख्ने नै छ । पछिल्लो पटक पारिवारिक उपचार गर्न हैदराबाद जाने हाम्रो योजना जीवन्त अधुरो रहने भो ।
आफ्नो जीवनकालमा शुरु गरेका यस्ता अनगिन्ती कामहरुलाई बिच मै छोडेर अल्पायुमै ब्रम्हलिन हुनुभएका एक अमर योद्धा कमरेड ज्ञानुराम प्रसाई तपाईले शुरु गर्नुभएका कामहरुको बाँकी अभिभारा हामी पुरा गर्ने छौँ । तपाईको जीवीत अनुहार कहिल्यै देख्न नपाएपनि हाम्रो मनमस्तिष्कमा कैद गरिसकेका छौँ । यस दुखद घडीमा सिङ्गो नगर शोकमा स्तब्ध छ । एउटा परिवारमात्र नभई सिङ्गो नगर तथा परिवार शोकमा डुबिरहेको बेलामा परिवारजनमा शोकलाई सहन गर्ने शक्ति प्राप्त होस् र मृत आत्माको चिरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । लेखक ः बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव हुनुहुन्छ । 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here