निर्वाचनको संघारमा कोइरालाको सम्झना

५ श्रावण २०७८, मंगलवार मा प्रकाशित

‘देशमा प्रजातन्त्र आएपछि मोटाघाटा, सुकिला, मुकिला, चिल्लागाडी चढ्नेहरुको पार्टीभित्र हाबी हुनेछ । त्यसकाविरुद्ध आम कार्यकर्ताले फेरि एकपटक संघर्ष गर्नुपर्ने हुन्छ’…वीपी कोइराला, धेरै पटक सत्तामा रहेको कांग्रेसले यसको छनक पायो वा पाएन ? अनुमान भयो वा भएन ? कि कल्पना मात्र थियो..? गहन अध्ययनको आवश्यकता देखिन्छ ।

समाज सूधारक, व्यवसायी र असल व्यक्तित्व कृष्णप्रसाद कोइरालालाई क्रुर शासक चन्द्रशम्शेरले अनायासै सर्वस्वसहित देश निकालाको घोषणा गरेपछि छोरा वीपी कोइराला आफ्नो बाल्यकाल र ऊर्जाशील तन्नेरीपनको अधिकांश समय विदेशी भूमिमा नै बिताउन बाध्य भए । इण्डियामा माहात्मा गान्धी ‘भारतछोड’ आन्दोलनका शीर्षस्थ व्यक्तित्व थिए । उनको फराकिलो विचारबाट प्रभावित भई बुवासँगको सल्लाहमा आश्रममै पढ्न थाले । बिएचयु (बनारस हिन्दू विश्वविद्यालय) आन्दोलनकारीहरुको अखडा भैंm थियो ।

स्नातक सकेपछि कानून अध्ययन गर्ने क्रममा उत्तर बिहारमा मजदुर आन्दोलन मोर्चा सङ्गठकको कार्य गरेकाले पकडाउ परी बान्कीपुर जेलमा थुनिए, जहाँ डा.राजेन्द्रप्रसाद लगायत थिए । माहात्मा गान्धी, जयप्रकाश नारायण, राममनोहर लोहिया लगायतका प्रजातन्त्रवादी नेताहरुसँग सम्बन्ध सुधार्ने अवसर जुट्यो । आन्दोलन सकिएर नेहरुको नेतृत्वमा आन्तरिम सरकार गठन प्रक्रिया अघि बढेपछि वीपी कोइराला लगायत नेताहरुलाई आफ्नो मुलुकको दुर्दशाले सताउन थाल्यो । जनता शिक्षित भए हातबाट सत्ता खुस्किन सक्छ, भनेर नेपालमा राणाहरुले स्कूल तथा कलेज खोल्न नदिएकाले पढ्न चाहने युवाहरुले इण्डिया जानुपथ्र्यो । राणाहरुसँग सुधारको आशा ‘थारो गाईबाट दूधको आशा गर्नु भैंm हुने’ देखेर आन्दोलनमा सक्रिय सहभागी हुन २००३ माघ १२ मा कलकत्ताको भवानीपुर खाल्सा कलेजमा ‘नेपाली राष्ट्रिय कांग्रेस’को स्थापना गरियो ।

त्यसपछि २००४ सालमा गिरिजाप्रसादले विराटनगर जुटमिल मजदुरका सामान्य मागहरुलाई भड्काएर आन्दोलन चर्काइदिएकाले वीपी समेत मद्दतका लागि आए । उपयुक्त मौका देखेर सबै आन्दोलनकारीहरुलाई पक्राउ गरी पहाडको अप्ठ्यारो, घुमाउरो बाटो हुँदै तीन हफ्ता लगाएर काठमाडौं पु¥याई कोइरालालाई एउटा घरमा कडा सुरक्षाबीच राखियो । माहात्मा गान्धी, राजेन्द्रप्रसाद लगायतले तत्काल रिहाई गर्न पत्र लेखेकाले थुनामुक्त गरिए । अब यसरी नहुने देखेर हिंसात्मक आन्दोलनबारे सरसल्लाह गर्न पण्डितको भेषमा काठमाडौं आएका मात्र थिए, राणाहरुले थाहा पाएर हथकडी बेडी लगाएर जेलमा थुनि दिए, फेरि चार हफ्तामै छुटेर इण्डिया गई कलकत्ताको टाइगरहील सिनेमाहलमा कांग्रेसका दुईवटै पार्टीसहित अन्य शुभेच्छुकहरुलाई भेला गरी २००६ चैत्र २७ मा ‘नेपाली कांग्रेस’ सिङ्गो पार्टी बनाए ।

त्यसपछि राणा शासनविरुद्धको आन्दोलन सफल बनाएर २००७ फागुन ७ मा राजा त्रिभुवनबाट दश सदस्यीय संयुक्त मन्त्रिमण्डलसहित प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । त्रिभुवनको सबैतिर प्रशंसा भयो ‘पहिले कहिले यस्तो राजा थिएन जसले जनताको स्वतन्त्रता र सुरक्षाको लागि आफ्नो जीवन र सिंहासन दावमा लगाएका थिए ।’ राजाले दरबार त्यागेको लगभग एक सय चार दिनमा मन्त्रिमण्डलको गठनसँगै एक सय चार बर्षको जहाँनिया राणा शासन सधैँको निम्ति अस्तायो ।

अन्तिम श्री ३ मोहन शम्शेर प्रधानमन्त्रीमा झरे । प्रहरीको गोली लागेर एक बिद्यार्थीको मृत्यु हुँदा गृहमन्त्री वीपीले राजीनामा दिनुपरेकाले संयुक्त सरकार पनि ढल्यो । वीपी गृहमन्त्री थिए, विद्यार्थी आन्दोलनमा प्रहरीले गोली चलाएर एकजनाको मृत्यु हुँदा गृहमन्त्रीले राजीनामा दिनुपरेकाले संयुक्त सरकार ढल्यो । राजा र जनताको संयुक्त प्रयासले राणा शासन सकियो, मुलुक र जनताको सधैँ भलो चिताउने राजालाई वीपीले ‘प्रजातन्त्र बिना राजतन्त्र अड्दैन, राजा नभए देश पनि बाँच्दैन । राजतन्त्रलाई फ्याक्ने उद्योग हामीले गर्नुहुँदैन’–भने , जसलाई वीपीको अनुयायी कांग्रेसले बिर्सिएको नहोला ।

२००७ पछिका कठपुतली सरकारहरुको आधा दशक लामो शासनले वाक्क भएका नेपालीले बाध्य गराएर २०१५ फागुन ७ बाट गराएको आमनिर्वाचनमा १०९ सिटमध्ये ७४ सिट जितेर नेपाली कांग्रेसले निर्माण गरेको सरकारमा २०१६÷०३÷१६ मा वीपी प्रधानमन्त्री भए । त्यसपछि भारत, चीनको यात्रा, इजराइलको सहकारी सिस्टमको अध्ययन र संयुक्त राष्ट्रसंघमा निकिता ख्रुश्चेवका साथ मुलुकको हितबारेमा काम गर्दै थिए । राजा महेन्द्रमा भने वीपीको यस लोकप्रियता प्रति आरस बढ्दै गएको रहेछ । त्यसैले आपूmमा भएको अधिकारको प्रयोग गरी भूमिसुधार कार्यक्रम लागू गर्ने तरखरकै बेला २०१७ पौष १ गते सरकार गठन भएको १८ महिनापछि अकस्मात सबैलाई पकडेर जेलमा थुनिदिए ।

जेलमै रहेका बेला अक्सफोर्ड युनभर्सिटी प्रेसले ‘हिरोज एण्ड विल्डर्स अफ नेपाल’ नामक पुस्तक प्रकाशन ग¥यो । सुन्दरी जेलको आठ बर्षको जेल जीवनमा ‘आत्मवृतान्त’ लगायत छ उपन्यास, लघुकथाको दुईवटा संग्रह र निबन्धहरु तयार गरे । समालोचक सिकेलालका अनुसार उनी साहित्यिक प्रवर्तक र सायद पहिलो लेखक थिए । जसले महिलाहरुका संवेदनशिलताका बारेमा चित्रण गर्दथे र पात्रका मनको गहिराईसम्म पुग्दथे ।

यति धेरै दुःख, पीडा भोग्दै स्थापना गरेको प्रजातन्त्रमा गत निर्वाचन आन्तरिक किचलो व्यवस्थापन गर्न छाडेर भौतारिएको कांग्रेसले प्रतिनिधि र प्रदेशसभा दुबैमा नराम्ररी पराजय व्यहो¥यो । गुट–उपगुटमा रुमल्लिँदा भएको क्षति न्यूनीकरण र संगठन सुदृढीकरणका लागि १४औं महाधिवेशन २०७८ भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने गरी केन्द्रीय समिति बैठकले कार्यतालिका संशोधन गरेपछि नयाँ नेतृत्वका लागि कांग्रेसमा ध्रुवीकरणको थालनी भएको छ ।

सभापति देउवा र पौडेलको आपसी प्रतिस्पर्धा छँदैछ, सँगै कोइराला विरासतको राय महत्वपूर्ण देखिन्छ, सबैतिरको अवस्था हेरेर सिटौलाको निर्णय कता हुने हो त्यो पनि छ । यस साङ्गठनिक निर्वाचनबाट कांग्रेसले स्वस्थ प्रजातान्त्रिक अभ्यासमा सधैँ रहने सन्देश दिँदै गुटरुपी भाइरस केन्द्रबाट छिराएर वडासम्म संक्रमित गराउन खाज्ने कार्यलाई हतोत्साही गर्नुपर्छ । बेलाबखत नेतृत्वले बाटो बिराउन खोज्दा सचेत नगराउने, नसक्ने, र नचाहने । तर, कमिशन भए कुम जोडाउन जता पनि पुग्ने प्रकृतिकाहरुलाई पहिचान गरी नेतृत्वमा जानबाट रोक्नुपर्छ ।

अहिलेसम्मका सैद्धान्तिक र राजनीतिक विचलनका निर्णयहरुमा आत्मालोचना गरी वीपीको प्रजातान्त्रिक समाजवाद र विचार अनुसार राजाको पुस्र्थापना गरी, भद्दा र खर्चिलो संघीयता खारेज गर्ने बिषयमा कांग्रेसले आँट गरे भविष्य राम्रो छ, भन्नेहरुको जमात पनि ठूलै देखिन थालेकाले यसतर्पm गहन विचार–विमर्श आवश्यक देखिन्छ ।

थाहै नपाई चिप्लिएका महत्वपूर्ण निर्णयहरुलाई पुनः मन्थन गरौं, अधिवेशनमा स्वस्थ प्रतिस्पर्धाबाट पद अनुरुपका प्रतिनिधिहरु सहमतिबाट नै छनौट गरौं, सबैले सबैलाई सम्मान गरौं र म भन्दा तपाईं धेरै कुरामा योग्य हुनुभएकाले यसपटक म होइन ‘तपाईंको पालो’ खुलेर भनौं, यसले सबैखाले सङ्कट र समस्याहरु स्वतः ध्वस्त भई, नेपाली कांग्रेसका आगामी दिनहरु स्वस्थ, सबल र अनुकरणीय हुँदै हाङ्गिदै, झाङ्गिदै जाने निश्चित छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here