रहेनन् किरात साहित्यकार नवल फाइवाली

५ श्रावण २०७८, मंगलवार मा प्रकाशित

झापा ।

किरात साहित्यकार तथा लेखक नरबहादुर लिम्बू (नवल फाइवाली)को निधन भएको छ । अर्जुनधारा ७ निवासी ८० वर्षीय साहित्यकार नवल फाइवालीको मंगलबार दिउँसो निधन भएको हो ।

उनलाई ५ दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि सोमबार (हिजो) उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो । यसअघि अर्जुनधारा ७ कै शंकर हस्पिटलमा केही दिन उपचार गरिएको थियो ।उपचारकै क्रममा छातीमा समस्या देखिएपछि उनलाई मंगलबार बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको हो ।

पछिल्लोपटक उनको एन्टिजेन परीक्षण गरिँदा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उपचारकै क्रममा हृदयघात भइ निधन भएको कान्छा छोरा राज लिम्बूले जानकारी दिए ।हस्पिटलमा भर्ना गरिए पनि उनको छातीमा समस्याबाहेक कुनै समस्या देखिएको थिएन । अहिले उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।

आजै शनिश्चरेको सालबारी जंगलमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।साहित्यकार नवल फाइवाली किरात धर्म, संस्कार र भाषाका लागि विज्ञ मानिन्थे । उनका दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनको पछिल्लो कृति ‘अन्तिम यात्रा’ प्रकाशनमा आएको थियो । उनी किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय सदस्य हुन् । विभिन्न संघसंस्थाले उनलाई सम्मान गरिसकेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here